जैमिनीमा पहिरो पीडितका घर पुनर्निर्माण प्रक्रिया शुरु
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार १७:४५:५०
२१ जेठ,बलेवा । जैमिनी नगरपालिकाले बाढी, पहिरोबाट क्षति भएका घरहरुको पुनर्निर्माण तथा पुर्नस्थापनाको प्रक्रिया अघि बढाएको छ ।संघ सरकारको कार्याक्रम कार्यान्वयन र नगरपालिकाले आफ्नै कार्यक्रम बनाएर पुनर्निर्माण र पुर्नस्थापनाको काम थालेको हो ।
संघ सरकारले क्षति भएका निजी आवास पुनर्निर्माणको लागि अनुदान उपलब्ध गराउने भनेपनि काममा ढिलाइ भएको भन्दै नगरले आफ्नै कार्यक्रम ल्याएको हो । नगरको विपत् व्यवस्थापन कोषबाट बजेट परिचालन हुने गरी निजी आवास पुनर्निर्माणका लागि सूचना गरेको नगरप्रमुख इन्द्रराज पौडेलले बताए । संघ सरकारको कार्यक्रम आउनुपूर्व घर बनाउन चाहनेलाई नगरले दुई लाख रुपैयाँ अनुदान दिने भएको छ ।
‘‘हामीले तत्काल घर बनाउन चाहनेलाई सरकारले तोकेको मापदण्डअनुसार घरको नक्सा बनाएर अनुदानका लागि आउनु भनेका छौँ’’, इञ्जिनियर विवेक सापकोटाले भने, ‘‘संघ सरकारको अनुदान आउनु पूर्व घर बनाउनेलाई नगरले रु दुई लाख अनुदान दिन्छ, बाँकी रु दुई लाख व्यक्तिले खर्च गर्नुपर्छ ।’’ संघ सरकारले चार लाख रुपैयाँ अनुदान दिने छ । सोही कार्यविधिका आधारमा पुनर्निर्माण गरिने सापकोटाले बताए ।
‘‘घर निर्माणकै चरणमा माथिको अनुदान आए रु चार लाख लाभग्राहीले पाउँछन्, घर बनिसकेपछि भने प्रक्रिया सकिन्छ’’, सापकोटा भने, ‘‘नगरले दिएको अनुदानमा घर बनाउन कसैले खोजी गरेको पाइएको भने छैन ।’’ बर्खा लागिसक्दा समेत संघ र प्रदेश सरकार समेतको साझेदारीमा सञ्चालन हुने अनुदान कार्यक्रम कार्यान्वयनमा आउन नसकेका कारण नगरले आफ्नै कार्यक्रम बनाएको हो ।
‘‘पीडितहरु समस्यामा छन्, हामीले सकेसम्म तत्कालको समस्या टार्न खोजेका हौँ’’, नगरप्रमुख पौडेल भन्छन्, ‘‘उनीहरुलाई जे गर्दा सहज हुन्छ त्यही गर्नु भनेका छौँ ।’’ जैमिनीमा तत्काल निर्माण गर्नुपर्ने गरी ५६ घर भत्किएका थिए । केही घर प्रबलीकरण गर्नुपर्ने छन् भने केही घरपरिवारले थातथलो नै छोडेर तराईमा झरेका छन् । नगरपालिका आफैँले ठूलो खर्च गरेर पुनर्निर्माणमा लाग्न स्रोतको अभाव रहेको गुनासो नगरमा छ ।
संघ सरकारले बागलुङलाई विपतग्रस्त क्षेत्र घोषणा गरेकाले पुनर्निर्माण र पुर्नस्थापनाको कार्यक्रम आउने आशामा बस्दा निजी आवास निर्माणमा ढिलाइ भएको पौडेलले बताए । सडक, भवनलगायतका अन्य पूर्वाधारमा समेत गत वर्षको वर्षामा क्षति पुगेको तथ्याङ्क नगरपालिकासँग छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार
एसइईमा गण्डकीबाट ४० हजार बढी विद्यार्थी सहभागी
चैत १५, २०८० बिहिबार
म्याग्दीका भिर पहरामा मह सिकार सुरु
चैत १४, २०८० बुधबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार
आयरल्याण्ड वोल्भ्सविरुद्ध लोकेश बमको शतक
चैत १६, २०८० शुक्रबार
बागमती प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने
चैत १६, २०८० शुक्रबार
नयाँ शैक्षिकसत्र सुरु नहुँदै म्याग्दीमा पाठ्यपुस्तक भित्रियो
चैत १६, २०८० शुक्रबार
मन्त्रीहरुलाई राष्ट्रिय सभामा उपस्थित हुन निर्देशन
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार