सोमबार , असार ७, २०७८

कोरोनाले पुरुषको यौन चाहनामा कमी: अध्ययन

कोरोनाले पुरुषको यौन चाहनामा कमी: अध्ययन

२१ जेठ, काठमाडौं । विश्वभरमा देखा परेको कोरोना भाइरसको दोस्रो लहरले पुरुषको यौन जीवन प्रभावित भएको एक अध्ययनले जनाएको छ ।

अध्ययनका अनुसार कोरोनाको कहरमा देखिएका लक्षणले नयाँ नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । अब नयाँ अनुसन्धानमा पत्ता लागे अनुसार पुरुषको यौन जीवन पनि कोभिड–१९ का कारण प्रभावित भइरहेको जनाइएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नेपालमा लगायत विश्वका धेरै भू–भागमा अहिले पनि काेराेना भाइरस नियन्त्रणका लागी निषाेधाज्ञा लागु गरिएकाे छ । तर महामारी बढ्दै जाँदा लकडाउनले दाम्पत्य सम्बन्धलाई असर गरेकाे र धेरै दम्पतीका लागि यौन चाहना ज्यादै कम हुँदै गएकाे अध्ययनले जनाएको छ ।

impotence prostatitis male model bad mood morning men s health problems impotence prostatitis male model 152404 10617

अनुसन्धानका अनुसार कोरोनाका कारण पुरुषमा इरेक्टाइल डिसफंक्सन अर्थात् नपुंसकता देखिएको छ । यसका कारण पोस्ट कोभिड स्ट्रेस, डिप्रेशनका साथै केही हदसम्म शरीरभित्र हुने परिवर्तन पनि समावेश छन् । एक भारतीय सञ्चार माध्यमले यसबारे केही विशेषज्ञसँग कुरा गरेका छन् ।

इरेक्टाइल डिसफंक्सन के हो ?

मेन्स हेल्थमा छापिएको एक अनुसन्धानमा युनिभर्सिटी अफ क्यालिफोर्नियाको युरोलोजिस्ट डा. हार्वर्ड अबर्टका अनुसार यो बुझ्नका लागि सुरुमा इरेक्सनको प्रक्रिया बुझ्नुपर्ने हुन्छ ।

वास्तवमा पुरुषको लिङ्ग तीन सिलेन्डरले बनेको हुन्छ । माथिल्लो दुई सिलेन्डर स्पन्जजस्तो तन्किन सक्ने तन्तुले भरिएका हुन्छ । यस्तै मुनिको सिलेन्डरले मूत्र थैलीबाट पिसाब बाहिर निकाल्न मद्दत गर्छ ।

जब व्यक्ति उत्तेजित हुन्छन् तब त्यो स्नायू प्रतिक्रिया र त्यसका कारण सुरु हुने क्रियाकलापका कारण हुन्छ । यतिबेला रगत स्पन्जी तन्तुमा आउँछन् र त्यो फैलिने गर्छ । सिस्टम यस्तो छ कि रगत त्यहाँ आएर रोकिने गर्छ । त्यतिबेला व्यक्तिलाई इरेक्सन महसुस हुन्छ ।

sexual behavior enews

यसका लागि नसाबाट पर्याप्त मात्रामा नाइट्रिक अक्साइड निस्कन आवश्यक छ । नसा यति खुकुलो हुनुपर्छ कि त्यहि गतीमा रगत निस्कन सकोस् । जब कुनै कारणले लिङ्गसम्म रगत पुग्न सक्दैन, तब त्यसमा इरेक्सन हुँदैन र यसैलाई इरेक्टाइल डिसफंक्सन भनिन्छ ।

इरेक्टाइल डिसफंक्सनका कारण के हुन सक्लान् ?

– विशेषज्ञका अनुसार इरेक्टाइल डिसफंक्सनका कारणमा तनाव, डिप्रेशन र प्रस्तुती सम्बन्धि तनाव पनि समावेश छन् । तर यदि रक्तसञ्चारमा कुनै समस्या आइरहेको छ भने यसको असर इरेक्सनमा हुन सक्छ । स्नायू प्रणालीमा कुनै गडबडी वा हर्मोन सेन्सिटिभिटी पनि यसको कारण हुनसक्छ ।

– साधारणतया इरेक्टाइल फंक्सनको सम्बन्ध सिधा सिधा रक्तसञ्चारसँग हुने गर्छ र यसका कारण इरेक्टाइल फंक्सनमा कुनै पनि गडबडी मुटुको रोगको संकेत पनि हुनसक्छ । कोभिड–१९ का कारण पूरा शरीरमा अक्सिजनको सप्लाइ बाधित हुन्छ र रक्तसञ्चारमा प्रत्यक्ष असर पर्छ । लिङ्गलाई रक्तसञ्चार गर्ने धमनी (आर्टरी) ब्लक वा संकुचित हुनसक्छ । यदि यस्तो भएको खण्डमा लिङ्गसम्म रगत पुग्न पाउँदैन तब इरेक्टाइल डिसफंक्सन हुनसक्छ ।

– नयाँ दिल्लीमा डायोज मेन्स हेल्थ सेन्टरका क्लिनिकल डायरेक्टर डा. विनित मल्होत्रा भन्छन्, ‘कोभिड–१९ को मानसिक र भावनात्मक स्वास्थ्यसहित व्यक्तिको समग्र स्वास्थ्यमा ठूलो प्रभाव पर्छ ।

पुरुषको पोस्ट–कोभिड यौनजीवनबारे भएको अनुसन्धानले के भन्छ ?

– मार्च २०२१ मा जर्नल एन्ड्रोलोजीमा ‘मास्क अप टू कीप इट अप’ शीर्षकमा प्रकाशित रिसर्च पेपरमा कोभिड–१९ र इरेक्टाइल डिसफंक्सनको सम्बन्धबारे बताइएको छ । इटलीका पुरुषमाथि गरिएको यो अनुसन्धानमा बताइए अनुसार कोभिड–१९ का कारण कार्डियोभास्कुलर सिस्टमलाई हानी पुग्छ जसले पुरुषमा इरेक्सनमाथि असर पारिरहेको छ ।

screen 2

– वर्ल्ड जर्नल अफ मेन्स हेल्थमा प्रकाशित एक अनुसन्धानमा दाबी गरिए अनुसार संक्रमणको थुप्रै महिनापछि पनि लिङ्गमा संक्रमण भेटिएको छ । दाबी गरिए अनुसार कोभिड–१९ का कारण शरीरका थुप्रै तन्तुको काम गर्ने तरिकामाथि असर परेको छ जुन इरेक्टाइल डिसफंक्सनको कारण हुनसक्छ ।

के यो समस्या स्थायी हो वा निको हुन्छ ?

– कोभिड–१९ महामारी आएको साढे एक वर्ष पछि पनि अनुसन्धाता अहिले पनि भाइरसले लामो अवधिमा कसरी जटिलता पेश गर्न सक्छ भन्ने बारे बुझ्ने कोसिस गरिरहेका छन् । रगत जम्ने समस्याका साथै स्नायू प्रणालीमा समस्या, मुटु, फोक्सो, मृगौलामा हानी पुग्ने कुरा प्रमाणित भइसकेको छ । थुप्रै महिनापछि पनि यस्ता लक्षण देखिएका छन् ।

– विशेषज्ञका अनुसार कोभिड–१९ का कारण केही हानी स्थायी भइरहेका छन् जबकी केही अस्थायी । इरेक्टाइल डिसफंक्सन स्थायी हो, होइन भन्नेबारे थप अनुसन्धानको आवश्यकत छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पहिराेको उच्च जोखिमसँगै सात घर विस्थापित पहिराेको उच्च जोखिमसँगै सात घर विस्थापित ३ घण्टा पहिले
तपाईको आजको राशीफल कस्तो छ ? तपाईको आजको राशीफल कस्तो छ ? ८ घण्टा पहिले
काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा यसरी खुल्यो माैसम काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा यसरी खुल्यो माैसम ५ घण्टा पहिले
नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको शेयर बिक्रीमा २० घण्टा पहिले
राहत लिएर गएको सेनाको हेलिकप्टर चामेमै रोकियो राहत लिएर गएको सेनाको हेलिकप्टर चामेमै रोकियो १७ घण्टा पहिले
पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा पहिरो खस्दा अवरुद्ध बनेको महाकाली राजमार्ग पुनः सञ्चालनमा २१ घण्टा पहिले
कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने कोपा अमेरिका २०२१ पनि डिशहोममा प्रत्यक्ष हेर्न पाइने १९ घण्टा पहिले
माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार माई सेकेण्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिता शुरू, उत्कृष्ट ७ लाई २५ हजारदेखि १ लाखसम्मको पुरस्कार १९ घण्टा पहिले