गहिरो श्वास लिनाले स्वास्थ र जीवनशैलीमा सुधार
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार १८:५४:१४
अहिले कोरोना भाइरसको महामारीमा प्राय सबै जना घरमै छाैँ । के तपाईलाई थाहा छ, यो समयमा दैनिक केही समय गहिरो श्वास लिनाले तपाईको स्वास्थ र जीवनशैलीमा धेरै सुधार हुन्छ ।
जब तपाई चिन्तित या हैरान बन्नुहुन्छ, तब तपाईको मुटुको धड्कन लगातार छिटो हुन्छ । रगतको प्रवाह तपाईको मुटु र मस्तिष्कतर्फ बढ्छ । यसबाट बच्नका लागि गहिरो श्वास लिने अभ्यास तपाईले दैनिक गर्नुपर्छ ।
चाहे तनाव होस् वा नहोस् । यसबाट २४ देखि ४८ घण्टामै मन र शरीरलाई आराम मिल्छ । निद्रा राम्रो आउँछ । सबैभन्दा महत्त्वपूर्ण पक्ष रोगसँग लड्ने क्षमता बलियो हुन्छ ।
शरीरबाट विषालु तत्त्व घट्छ
बिस्तारै, गहिरो, लामो श्वास लिना शरीर डिटोक्सिफाईड हुन र शान्त भाव पैदा हुन सहयोग मिल्छ । राम्रो निद्रा लाग्छ । यदी अनिद्राको गुनासो छ भने सुत्नुभन्दा पहिले गहिरो श्वास लिनुस् । कार्बन डाइअसक्साइड ९प्राकृतिक विषाक्त फोहर० श्वासमार्फत नै बाहिर आउँछ । छोटो श्वासले फोक्सोलाई कम प्रतिक्रिया गर्छ । अन्य अंगबाट पनि यस फोहोरलाई निकाल्नका लागि कडा मेहिनत गर्नुपर्छ ।
इम्युनिटी बलियो हुन्छ
गहिरो श्वास लिनाले ताजा अक्सिजन मिल्छ र विषाक्त पदार्थ तथा कार्बनडाइअक्साइड बाहिर निस्कन्छ । जब रगत अक्स्जिनेटेड हुन्छ, तब शरीरको प्रतिरक्षा प्रणाली मजबुत हुन्छ । शरीरका महत्वपूर्ण अंगले ठिक रुपमा काम गर्छन् टक्सिन मुक्त र स्वस्थ रगतको आपूर्तिले संक्रमण फैलाउने किटाणुहरू जरैदेखि माग्छन् ।
दुखाई महसुस कम हुन्छ
जब तपाई गहिरो श्वास लिनुहुन्छ, तब शरीरले एन्डोर्फिन बनाउँछ । यो राम्रो हर्मोन तथा शरीरद्वारा बनाइएको एक प्राकृतिक पीडा निवारक हो ।
तनाव कम हुन्छ
गहिरो श्वास लिनाले चिन्ताजनक विचार र घबराहटबाट छुटकारा मिल्छ । हृदयको गति सुस्त हुन्छ । यसबाट शरीरले धेरै अक्सिजन पाउँछ । हर्मोन सन्तुलित हुन्छ । कोर्टिसोलको स्तर कम हुन्छ । कोर्टिसोल स्ट्रेस हर्मोन हो । जब कोर्टिसोलको स्तर निकै अधिक समयसम्म रहिरहन्छ, तब यसले अधिक नोक्सान पु¥याउँछ । दैनिक भास्कर
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडा. काजनको सल्लाहः मस्तिष्कघातबाट बच्न के गर्न सकिन्छ ?
चैत १४, २०८० बुधबार
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
चैत १३, २०८० मंगलबार
जुम्लामा क्षयरोगका बिरामी घट्दो क्रममा
चैत १३, २०८० मंगलबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार