बुधबार , असार २, २०७८

फेमिली म्यान २ को ट्रेलर सार्वजनिक

फेमिली म्यान २ को ट्रेलर सार्वजनिक

फेमिली म्यान-२ को ट्रेलर रिलीज भएको छ । यस चलचित्रको रिलीज रोक्नुपर्ने माग भारतमा जोडतोडका साथ उठिरहेको राज र डिकेले निर्देशन तथा निर्माण गरेको यो वेव सिरिजको केही दिन अगाडि मात्र ट्रेलर सार्वजनिक भएको थियो ।

यसको ट्रेलरले दर्शकको मन जितेको थियो । तर, यो वेव सिरिजलाई रोक लगाउनु पर्ने माग गर्दै भारतको तमिलनाडु राज्य सरकारले केन्द्रिय सरकारलाई पत्र पठाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसको एक दिन अगाडि मात्र राज्य सभा सांसद वाइकोले सूचना एवं प्रशारण मन्त्री प्रकाश जावडेकरलाई पत्र लेख्दै वेव सिरिजमाथि प्रतिवन्ध लगाउनुपर्ने माग गरेका थिए ।

यो वेव सिरिजले तमिलनाडुका जनताको भावनामाथि ठेस पुर्याएको भन्दै प्रशारणमा रोक लगाउनुपर्ने माग उठेको हो । राज्य सरकार र सांसदले नै चिठ्ठी पठाउँदै प्रशारणमा रोक लगाउन माग गरेपछि यो वेव सिरिजको प्रशारणमा समस्या हुने देखिएको छ ।

तमिलनाडुको राज्य सरकारले लेखेको पत्रमा, यो वेव सिरिजले श्रीलंकामा तमिल इलमको ऐतिहासिक संघर्षको बदनाम गर्न खोजेको आरोप लगाइएको छ ।

तमिल संकृतीको अपमान गरेको भन्दै यो सिरिज प्रशारणमा रोक लगाउन राज्य सरकारले केन्द्र सरकारलाई पत्र पठाएको हो । यो वेव सिरिजमा कलाकार मनोज वाजपेयी मुख्य भूमिकामा देखिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय