यो साता शेयरबजारमा यी कम्पनीका लगानीकर्ताले धेरै कमाए ?
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार १९:४८:३७
२१ जेठ, काठमाडौं । यो साता शेयरबजारले नयाँ उचाई कायम गरेका छ । यस साता नेप्से परिसूचक साढे २८ सय विन्दू पार गरेको हो । शेयरबजारले नयाँ उचाई कायम गर्दा फाइनान्स विकास बैंक र वाणिज्य बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो । यस साता कारोबार रकम पनि उच्च रहेको छ ।
हेरौं यस साता कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?
आइतबार यी कम्पनीका लगानीकर्ताले धेरै कमाए
पहिलो कारोबार दिन आइतबार नौ कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस दिन तीन विकास बैंकसहित ९ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन् ।
आज लम्बिनी विकास बैंकका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीका लगानीकर्ताले ३२ रुपैयाँ कमाएका छन् ।
त्यस्तै यस दिन घलेम्दी हाइड्रोपावर, खानिखोला हाइड्रोपावर, जोशी हाइड्रो, समृद्धि फाइनान्स, ज्योति विकास बैंक अँखु खोला र सिन्धु विकास बैंकका लगानीकर्ताले धेरै कमाएका छन् ।
सोमबाार यी कम्पनीका लगानीकर्ताले धेरै कमाए
साताको दोस्रो कारोबार दिन सोमबार ४ कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस दिन दुई विकास बैंकसहित ४ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन् ।
आज राधी विद्युतका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीका लगानीकर्ताले यस दिन ११४ रुपैयाँ कमाएका छन् ।
त्यस्तै यस दिन लुम्बिनी विकास बैंक, नारायाणी विकास बैंक, राधी विद्युत र सेन्ट्रल फाइनान्सका लगानीकर्ताले धेरै कमाएका हुन् ।
मंगलबार यी कम्पनीका लगानीकर्ताले धेरै कमाए
तेस्रो कारोबार दिन मंगलबार ८ कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस दिन तीन विकास बैंकसहित ८ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन् ।
आज कालिका पावर बम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीका यस दिन १० प्रतिशतका दरले वृद्धि हो ।
त्यस्तै यस दिन लुम्बिनी विकास बैंक, नारायाणी विकास बैंक, राधी विद्युत र गोखार्ज फाइनान्स, नेपाल पुनर्बीमा र समिट लघुवित्तका लगानीकर्ताले धेरै कमाएका हुन् ।
बुधबार यी कम्पनीका लगानीकर्ताले धेरै कमाए
साताको चौथो कारोबार दिन बुधबार १२ कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस दिन नौ फाइनान्ससहित १२ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन् ।
आज सानिमा माइ हाईड्रो कम्पनी र राष्ट्रिय बीमा कम्पनी लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस दिन यी दुई कम्पनी शेयरमूल्य १० प्रतिशतले वृद्धि भई लगानीकर्ताले धेरै कमाउन सफल भएका हुन् ।
त्यस्तै, पोखरा फाइनान्स, समृद्धि फाइनान्स, मन्जुश्री फाइनान्स, जानकी फाइनान्स, लुम्बिनी विकास बैंक र आईसीएफसी फाइनान्स, नेपाल पुनर्बी, रिलायन्स फाइनान्स र गुवश्वरी फाइनान्सका लगानीकर्ताले धेरै कमाएका हुन् ।
बिहीबार यी कम्पनीका लगानीकर्ताले धेरै कमाए
साताको अन्तिम कारोबार दिन बिहीबार ९ कम्पनीका लगानीकर्ताले धेरै कमाएका छन् । यस दिन चार वाणिज्य बैंकसहित ९ कम्पनीका लगानीकर्ताले सबैभन्दा बढि कमाएका छन् ।
आज मन्जुश्री फाइनान्स र महिला लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यस दिन यी दुई कम्पनी शेयरमूल्य १० प्रतिशतले वृद्धि भई लगानीकर्ताले धेरै कमाउन सफल भएका हुन् ।
त्यस्तै, गोखार्ज फाइनान्स, लक्ष्मी बैंक, ग्रीन डेभलपमेन्ट बैंक, साइन रेशुङगा बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, कर्णाली डेभलपमेन्ट बैंककालगानीकर्ताले धेरै कमाएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्से ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम
बैशाख ९, २०८१ आइतबार
नेप्सेको ओरालो यात्रा जारी, कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा
बैशाख ६, २०८१ बिहिबार
शेयरबजार दुई दशमलव २६ अङ्कले ओरालो
बैशाख ४, २०८१ मंगलबार
गोदावरी बैठक छाडेर घरमै आराम गरिरहेका छन ओली
नेपालबहस संवाददाता
बैशाख ९, २०८१ आइतबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
कतारका अमिरको नेपाल भ्रमणः सार्वजनिक विदामै अलमलियो मन्त्रिपरिषद
बैशाख १०, २०८१ सोमबार
सुनचाँदीको मुल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
बैशाख ११, २०८१ मंगलबार
राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा आज साँझ राजकीय भोजको आयोजना गर्ने
बैशाख ११, २०८१ मंगलबार
कतारका राजा अमिर थानी काठमाडौं आइपुगे
बैशाख ११, २०८१ मंगलबार
सेना र हतियारमा कति खर्चमा अमेरिका पहिलो स्थानमा, भारतले कति खर्च गर्छ ?
बैशाख ११, २०८१ मंगलबार
प्रेमिकाले धोका दिएपछि प्रेमीले उठाए यस्तो डरलाग्दो कदम !
बैशाख ११, २०८१ मंगलबार
जर्मनीको फ्रयान्कफर्टमा रन्जु यादवको एकल चित्रकला प्रदर्शनी
बैशाख ११, २०८१ मंगलबार