ओली र ठाकुरबीच आज भेटवार्ता हुँदै
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार १९:२१:४४
२१ जेठ, काठमाडाैं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा ८ ओटा मन्त्रालय लिएर सत्ता सहकार्य गर्न तम्तयार भएर बसेका जनता समाजवादी पार्टी ‘जसपा’का अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्रीबीच आज भेटवार्ता हुन लागेको छ ।
शुक्रबार जसपाका महन्थ प्रधानमन्त्री ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जान लागेका छन् । जसपा र प्रधानमन्त्री ओलीबीच यसअगाडि नै सरकारमा सहभागी हुने विषयमा समझदारी बनिसकेको छ ।
प्रधानमन्त्री ओलीले जसपालाई सरकारमा आउन आग्रह गरिरहेका छन् । सरकारमा जान हत्तारिएको महन्थ पक्षले आफ्नो तर्फबाट मन्त्री बन्नेहरूको नाममा टुंगो लगाउने बित्तिकै सरकार पुर्नगठन हुने बताइएको थियो ।
प्रधानमन्त्री ओलीले जसपालाई यसअघि नै ८ मन्त्री र २ राज्यमन्त्री दिने विषयमा सहमति जनाइसकेका छन् । कुन-कुन मन्त्रालय दिने भन्नेमा टुंगो नलागे पनि हिजो बिहीबार महन्थ र राजेन्द्रले अबेरसम्म प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफल गरेका थिए ।
गएको ६ जेठमा सर्वोच्च अदालतले माओवादी पृष्ठभूमिका सात मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज नगर्न आदेश दिएको थियो । त्यसपछि ओलीले मन्त्रिपरिषद पुनर्गठन नगरी ती मन्त्रालयको जिम्मा आफैंले लिँदै आएका छन् । सरकारमा साझेदारी गर्ने सहमतिअनुसार ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई साथ दिँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुसी सेनामा भएकालाई फर्काउन माग गर्दै आफन्तको प्रदर्शन
बैशाख ८, २०८१ शनिबार
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : परराष्ट्रमन्त्री श्रेष्ठ
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको खेलमा नेपाल हङकङसँग पराजित
बैशाख ८, २०८१ शनिबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा दौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार