जसपाः केन्द्रमा सत्ता, प्रदेशमा घोक्रेठ्याक
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार २०:८:१०
२१ जेठ, काठमाडौं । चरम विवादको भूमरीमा परेको जनता समाजवादी पार्टीका दुबै पक्ष सत्ताको खेलमा पनि सामेल भएका छन् । केन्द्रमा जसपाको महन्थ – राजेन्द्र समूह सत्तासिन हुने अन्तिम कसरतमा छ भने प्रदेश नं. २ को सत्ता भने गुमाउने अवस्था आइपरेको छ ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रष्ट दुई धारमा विभक्त जसपा अब विभाजनको डिलमा छ । एकले अर्काे पक्षलाई कारबाही गरेका छन् भने सत्ताको खेलमा पनि लागेका छन् । महन्थ–राजेन्द्र पक्ष सम्भवतः आजैबाट ओली नेतृत्वको संघीय सरकारमा प्रवेश गर्दैछ ।
यस प्रयोजनका लागि अहिले प्रधानमन्त्री निवास बालुवाटारमा अन्तिम तयारी भइरहेको छ । मिलेसम्म आजै नै सरकारमा सहभागी हुने दाउमा जसपाका अधिकांश नेता रहेका छन् । तर अध्यक्ष महन्थ ठाकुर भने पार्टी भित्रको विवाद टुंग्याएर मात्रै सत्तामा जाँदा उचित हुने धारणा राख्दै छन् । राजेन्द्र महतो लगायत अधिकांशको चाहना भने तत्कालै मन्त्रिमण्डलमा गइहाल्नुपर्ने रहेका छ । त्यसैले ठाकुर दबाबमा रहेका छन् ।
उता, प्रदेश नं. २ मा भने जसपाकै उपेन्द्र यादव समूहले ठाकुर–महतो पक्षलाई हटाउने तयारी गरेको छ । केन्द्रमा भएजस्तै प्रदेशमा समेत समीकरण बनाउने तयारी तीब्र भएको छ । यसै प्रसंगमा आज उपेन्द्र यादव र कांग्रेस उपसभापति बिमलेन्द्र निधिबीच अहिले छलफल भइरहेको छ । बानेश्वरस्थित निधि निवासमा छलफल जारी छ ।
निधिसँगको छलफल टुंग्याएर यादव आजै जनकपुर जाँदैछन् । यहाँ बनेको समझदारी अनुसार प्रदेशमा पनि यादवले कांग्रेस , माओवादी केन्द्र र अन्य स्वतन्त्र सांसद्हरुको समीकरण बनाएर महतो पक्षलाई सत्ताबाट हटाउने तयारी गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित
बैशाख १२, २०८१ बुधबार
आज प्रचार प्रसारको अन्तिम दिन, इलाममा कांग्रेसको ४२ वटै वडामा घरदैलो
बैशाख १२, २०८१ बुधबार
मोहन्यालमा नौ वटा सिँचाइ योजनाको काम सुरु
बैशाख १२, २०८१ बुधबार
‘गोरखा भूकम्प’ स्मृति दिवसका अवसरमा आज सार्वजनिक बिदा
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
बजारमा सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?
बैशाख १२, २०८१ बुधबार