आइतबार , असार ६, २०७८

कोरोनाबाट बागलुङमा डेढ महिनामा ३३ को मृत्यु

कोरोनाबाट बागलुङमा डेढ महिनामा ३३ को मृत्यु

२१ जेठ,गलकोट । बागलुङमा कोरोना संक्रमण र मृत्युदर गत वर्षको तुलनामा तेब्बरले बढेको छ । बागलुङको पछिल्लो तथ्याङ्कअनुसार डेढ महिनाको अवधिमा ३३ संक्रमितको मृत्यु भएको छ । गत वर्षको कोरोनाको पहिलो लहरमा ११ जनाको मृत्यु भएको थियो ।

पहिलो लहरभन्दा दोस्रोमा बागलुङ निकै तीब्र गतिमा संक्रमण र मृत्युदर बढेको धौलागिरि अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेण्ट डा शैलेन्द्र बिक पोखरेलले जानकारी दिए । “पहिलो लहरभन्दा निकै खतरा रहेको भन्ने कुरा विश्व स्वास्थ्य सङ्गठनले नै भनिसकेको छ । धौलागिरिका चार जिल्लामध्ये पनि बागलुङमा मृत्युदर बढेको छ” डा पोखरेलले भने, “कोरोना संक्रमण बढ्दै गएपनि जटिल अवस्थाका बिरामी केही मात्रामा केही दिन यता घटेको देखिएको छ, अझै सचेतना अपनाउन जरुरी छ ।”

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जिल्लामा संक्रमणको दर अझै नियन्त्रणमा नआएको बताए । जिल्लामा निषेधाज्ञा, सचेतना, परीक्षण र उपचार प्रभावकारी रुपमा गर्दा समेत संक्रमणको दर नघट्दा निषेधाज्ञा लम्ब्याउनु पर्ने अवस्था रहेको प्रजिअ कार्कीको भनाई थियो । जिल्लामा स्थानीय तह र नागरिक आफैं जागरुक नभएसम्म कोरोना संक्रमण नियन्त्रण नहुने कार्कीको भनाइ छ ।

अहिले जिल्लामा एक हजार ७० जना सक्रिय संक्रमित पुगेको छ । यो सङ्ख्या जिल्लामा संक्रिय संक्रमित अहिलेसम्मकै उच्च रहेको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए । जिल्लामा पछिल्लो समय निषेधाज्ञासमेत उल्लङ्घन भइरहेकाले कारण कोरोना संक्रमण नघटेको नागरिकको गुनासो छ । बागलुङमा कोरोना संक्रमण मुक्त हुनेको दर ७२ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय