मंगलबार , असार १, २०७८

छुटको ग्यास लिन संक्रमण भुलेर लाइनमा उपभोक्ता [ फाेटाे फिचर ]

छुटको ग्यास लिन संक्रमण भुलेर लाइनमा उपभोक्ता [ फाेटाे फिचर ]

२१ जेठ, काठमाडौं । आजदेखि काठमाडौं उपत्यकामा शुक्रबारबाट थप ११ दिनका लागी निषेधाज्ञाको समय थपिएको छ । निर्माण सामग्री ढुवानीका र वर्कशप संचालनमा आएसँगै सवारीको चाप पहिलेभन्दा बढ्न थालेको छ ।

सरकारले साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बिक्री गर्ने ग्यास तथा खाद्यान्नको मूल्य २० प्रतिशतले घटाएको छ। बजेटमार्फत् घोषणा गरेको खाद्यान्न तथा ग्यासमा हुने छुट आजबाट लागू भएको हो।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कोभिड अवधिभर हुने छुटको उपयोग गर्न सरकारी संस्थानले सुचना जारी गरेका छन्। छुटमा ग्यास लिन उपभोक्ताले संक्रमण भुलेर भिडभाड गरेपछि प्रहरी टोली पुगेर व्यवस्थापन गरेको थियो। दुरी कायम गरेर ग्यास लिन प्रहरीले उपभोक्तालाई आग्रह गरेको थियो।

gas

साल्ट ट्रेडिङ र खाद्य व्यावस्था कम्पनी लिमिटेडले आफूले बिक्री गर्ने सामाग्रीमा २० प्रतिशत छुट दिन सुरु गरेको छ। १४ सय रुपैयाँ प्रति सिलिन्टर पर्ने एसटीसी ग्यासमा २८० रुपैयाँ कम घटेर ११२० रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै, मानिस टाढाबाट पनि सवारीसाधन लिएर भए पनि ग्यास सिलिन्डर लिन पुगेका छन्।

gas 5

नेपाल खाद्य संस्थानले माइतीघरमा बिहानदेखि नै चर्को गर्मी सहेर उपभोक्ताहरु छुटको ग्यास लिन कोभिड संक्रमण भुलेर पनि कुरिरहेका छन्। यस्तै आज बिहानैदेखि सोल्टी मोडस्थित साल्ट ट्रेङिङ अगाडि पनि यस्तै भिड देखिएको लागेको छ ।

gas 3

gas 6

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय