शुक्रबार , असार ११, २०७८

भारतमा कोरोना संक्रमित र मृतकको संख्यामा कमी

भारतमा कोरोना संक्रमित र मृतकको संख्यामा कमी

२१ जेठ, नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमित र मृतकको सङ्ख्यामा कमी आउन थालेको छ ।

सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा अघिल्लो दिनभन्दा एक हजार ७९० जना कम संक्रमित थपिएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

भारतमा अघिल्लो दिन एक लाख ३४ हजार १५४ जना सङ्क्रमित थपिएकोमा भोलिपल्ट अर्थात् पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार ३६४ जना नयाँ संक्रमित थपिएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल दुई करोड ८४ लाख ४१ हजार ९८६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएको जनाइएको छ ।

सक्रिय सङ्क्रमितको सङ्ख्यामा पनि अहिले कमी हुदै गएको छ । अहिले भारतमा दुई लाखभन्दा कम मात्रै सक्रिय संक्रमितहरु रहेको जनाइएको छ ।

भारतमा कोरोनाभाइरसको संक्रमणका कारण हालसम्म तीन लाख ४० हजार ७०२ जनाको मृत्यु भएको छ । ती मध्ये दुई हजार ७१३ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा कूल ३५ करोड ७४ लाख नमुना परीक्षण गरिएको छ । बिहीबार एकै दिन २० लाख ७५ हजार नमुनाको परीक्षण गरिएको परिषदको भनाई छ ।

यसैबीच, भारतको स्वास्थ्य मन्त्रालयले देशभर २२ करोड ४१ लाख डोज खोप लगाइएको जनाएको छ जसमा एक डोज र दुई डोज लगाएका व्यक्ति सामेल छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

बिरामीका लागि आकस्मिक पोर्टेबल अक्सिजन ब्याग रिचार्जरमा बिरामीका लागि आकस्मिक पोर्टेबल अक्सिजन ब्याग रिचार्जरमा २ हप्ता पहिले
राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन पक्राउ राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा तीन पक्राउ ३ हप्ता पहिले
देवघाटको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्राथमिकता दिने देवघाटको नीति तथा कार्यक्रमले कृषि र पर्यटनलाई प्राथमिकता दिने १६ घण्टा पहिले
हकप्रद शेयर निष्कासन गर्ने निर्णयपछि राधी विद्युत् कम्पनीको शेयरमूल्यमा सर्किट हकप्रद शेयर निष्कासन गर्ने निर्णयपछि राधी विद्युत् कम्पनीको शेयरमूल्यमा सर्किट ४ हप्ता पहिले
अब काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्न पाइने अब काठमाडौं उपत्यकामा बार अनुसार पसल खोल्न पाइने ४ दिन पहिले
विश्वभर कोरोनाबाट ३८ लाख २४ हजार ११५ जनाको मृत्य विश्वभर कोरोनाबाट ३८ लाख २४ हजार ११५ जनाको मृत्य १ हप्ता पहिले
स्वास्थ्यकर्मीको मनोबल उच्च बढाउँदै अध्यादेश स्वास्थ्यकर्मीको मनोबल उच्च बढाउँदै अध्यादेश ३ हप्ता पहिले
नागरिकता अध्यादेशको सुनुवाई गर्न वरिष्ठ न्यायाधीशहरू सम्मिलित इजलाश नागरिकता अध्यादेशको सुनुवाई गर्न वरिष्ठ न्यायाधीशहरू सम्मिलित इजलाश ३ हप्ता पहिले