मंगलबार , असार १, २०७८

फेवातालका डुङ्गा चालकलाई राहत सामग्री वितरण

फेवातालका डुङ्गा चालकलाई राहत सामग्री वितरण

२१ जेठ,पोखरा । रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखरा र आर्ट अफ लिभिङले पोखराको फेवातालमा डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका डुङ्गा चालकहरुलाई राहत सामग्री वितरण गरेको छ ।

कोरोना संक्रमणको कारण जारी निषेधाज्ञाले पेशा सङ्कटमा परेपछि बिहान बेलुकाको छाक टार्नका लागि समस्यामा परेका चालकहरुलाई राहत वितरण गरिएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । “लामो समय भयो, निषेधाज्ञा छ ,काम गरेर विहान बेलुकाको छाक टार्न समस्या परेको भन्ने थाहा पाएपछि राहत सामग्री वितरण गरेका हौ । ”

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

बरालका अनुसार डुङ्गा व्यवसायी समितिको समन्वयमा आर्थिक अवस्था कमजोर भएकाहरुको पहिचान गरी शुक्रबार ८५ जनालाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको हो । थप समस्यामा परेका ३२ जनाको पनि नाम आएकाले उनीहरुलाई शनिबार बिहान वितरण गरिने बरालले जानकारी दिए ।

आर्ट अफ लिभिङ गण्डकी प्रदेशका प्रमुख एवम् पर्यटन व्यवसायी नरेश भट्टराईले एक परिवारलाई २५ सय बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरीएको जानकारी दिए । राहत लिएर जाँदै गर्दा एक डुङ्गा चालकले जीविकोपार्जनमा समस्या भइरहेको समयमा पाएको सामग्रीले क्षणिक राहत दिएको जनाउँदै आफ्नै पसिनामा डुङ्गा खियाएर दैनिकी चलाउने दिनको पर्खाइमा रहेको बताए । व्यवसायी समितिका अध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा सातसय ७५ जति डुङ्गा चालक रहेका छन् । ती मध्ये चारसयले आफ्नै डुङ्गा चलाउँछन् भने बाँकीले अरुको डुङ्गा चलाएर जीविकोपार्जन गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय