बुधबार , असार २, २०७८

सामान्य औषधिको प्रयोगबाट कोरोना संक्रमितलाई जोगाउन सकिन्छ :डा. ह्योजु

सामान्य औषधिको प्रयोगबाट कोरोना संक्रमितलाई जोगाउन सकिन्छ  :डा. ह्योजु

२१ जेठ, काठमाडौं । कोरोना महामारीले विश्वभर बितण्डा मच्चाएको झण्डै डेढ वर्ष पुगेपनि अहिलेसम्म कोरोना भाइरसको औषधि पत्ता लागेको छैन । यसको कुनै ठोस उपचार पद्धति पनि फेला परेको छैन । विश्वका वैज्ञानिक र चिकित्सक यसको उपचारबारे अलमलमै छन् ।

चिकित्सकहरुले संक्रमितमा देखिएको लक्षण अनुसार उपचार गरिरहेका छन् । संक्रमित व्यक्तिमा ज्यादा जसो उच्च ज्वरो आउने, रुघाखोकी र श्वासप्रश्वासमा समस्या देखिने गरेको छ । ‘भेरियन्ट’ कोरोना विषाणुबाट संक्रमित कतिपय व्यक्तिमा अत्यन्तै गम्भीर तथा घातक लक्षणहरु देखापरेका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नयाँ भेरियन्टको संक्रमण देखिएका व्यक्तिमा अक्सिनजको कमी हुने लक्षण पाइएको छ । अक्सिजनसहितको सघन उपचारको जोहो हुन नसक्दा कतिपय संक्रमितले अनाहकमै ज्यान गुमाइरहेका छन् । नेपाललगायत छिमेकी भारतमा पनि अक्सिजनको अभावमा धेरैले ज्यान गुमाएका समाचार सार्वजनिक भएका छन् ।

औषधि र उपचार पद्धति फेलापरिनसकेको भए पनि उच्च सावधानी र प्रचलनमा रहेका सामान्य औषधिको प्रयोगबाट संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सकिने उपचारमा संलग्न चिकित्सकहरुको दाबी छ ।

लामो समय अमेरिकामा रहेर स्वास्थ्य अनुसन्धानमा जुटिररहेका डा. संजीव ह्योजुले अहिले आफूले गरेको अनुसन्धानबाट निस्केको निष्कर्ष अनुसार संक्रमितलाई उपचार गर्न सुझाव दिइरहेका छन् ।

उनका अनुसार संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन सामान्य खालका औषधिको प्रयोग नै प्रभावकारी देखिएको छ । डा. ह्योजुले भर्चुअल माध्यमबाट बिरामीको उच्च रक्तचाप, पल्स र अक्सिजन परीक्षणका आधारमा क्लोेनिडाइन ट्याब्लेट (लोनिड १००), डेक्जामेथासोन ट्याब्लेड (डेक्जिन) र फामोटिडाइन ट्याब्लेड (फाम–४०) प्रयोग गर्न सुझाइरहेका छन् ।

तीनै थरि औषधिको मूल्य अत्यन्त न्यून रहेको छ । उचित स्वास्थ्य सल्लाहको अभावमा सामान्य अवस्थाका सङ्क्रमितले पनि कडा र महङ्गो औषधि सेवन गर्न बाध्य हुने र त्यसबाट मानवीय तथा आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्था अन्त्य गर्न आफूले सक्दो सहयोग गर्दै आएको उनले बताए ।

पहिलो चरणको भन्दा दोस्रो चरणको संक्रमण तीव्र गतिमा फैलिइरहेको र बढी संक्रमित रहेको चिकित्सिकहरुले बताएका छन् । विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो अनुमान अनुसार विश्वभर करिब ८० लाख व्यक्तिको कोरोनाका कारण ज्यान गइसकेको छ ।

डा. ह्योजुले ‘फ्रि अनलाइन हेल्थ क्लिनिक नेपाल’ फेसबुक पेजमार्फत अनलाइनबाटै कोरोना संक्रमितको अवस्था बुझ्ने र सुझाव दिने गरिरहेका छन् । आफ्नो सुझाव र औषधिको सेवनबाट थुप्रै सङ्क्रमित गम्भीर अवस्थामा पुग्नबाट जोगिएको डा ह्योजुको दावी छ

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय