सोमबार , असार ७, २०७८

शेयरबजारमा सबैभन्दा धेरै शेयरमूल्य भएका ६ कम्पनी, कुनले कति दिन्छन् लाभांश

शेयरबजारमा सबैभन्दा धेरै शेयरमूल्य भएका ६ कम्पनी, कुनले कति दिन्छन् लाभांश

२१ जेठ, काठमाडौं । शेयरबजारले उकालो यात्रा तय गर्दा यी ६ कम्पनीको शेयरमूल्य भने उच्च छ । उच्च मूल्य हुने कम्पनीको शिर्ष स्थानमा राष्टिय बीमा कम्पनी रहेको छ । हाल शेयरबजारमा सूचिकृत कम्पनीमध्ये सबैभन्दा उच्च शेयरमूल्य भएको कम्पनी राष्टिय बीमा कम्पनी हो ।

राष्टिय बीमा कम्पनी 

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

शेयरबजारको दोस्रो बजारमा सबैभन्दा धेरै शेयरमूल्य भएको कम्पनी राष्टिय बीमा कम्पनी रहेको छ । यसदिनसम्म कम्पनीको प्रतिकित्ता शेयरमूल्य २३ हजार रुपैयाँ छ । कम्पनीको शेयरमूल्य २४ हजार ३ सय सम्मको पुगेको थियो । कम्पनीले २०७२/७३ मा शेयरधनीलाई ११४. २७ प्रतिशत लाभांश दिएको थियो ।

युनिलिभर नेपाल

युनिलिभर नेपालको शेयरमूल्य अहिले १९ हजार ८२६ रुपैयाँ छ । जबकी सबैभन्दा उच्च मूल्य हुँदा यो कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३६ हजार रुपैयाँसम्म पुगेको थियो । कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई १०० प्रतिशत नगद लाभांश घोषणा गरेको थियो ।

साल्ट ट्रेडिंग कर्पोरेशन

उच्च शेयरमूल्य हुनेको तेस्रो स्थानमा उच्च मूल्य रहेको साल्ट ट्रेडिंग कर्पोरेशन रहेको छ । कम्पनीको शेयरमूल्य ११ हजार १०० रुपैयाँ रहेको छ । कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश घोषणा गरेको थियो । जसमा २० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश रहेको छ ।

बोटलर्स नेपाल तराई

चौथो नम्बरमा बोटलर्स नेपाल तराईको शेयरमूल्य प्रतिकित्ता १० हजार ४९६ रुपैयाँ छ । यो कम्पनीको शेयरमूल्य पनि हालसम्मको उच्च हो । कम्पनीले कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ५५ नगद लाभांश घोषणा गरेको हो । हालसम्म कम्पनीले सधै नगद लाभांश दिदै आइरहेको छ ।

महिला लघुवित्त

उच्च शेयरमूल्य हुनेमध्येको पाँचौ नम्बरमा महिला लघुवित्त रहेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४७ सय ५२ रुपैयाँ पुगेको छ ।

हिमालयन डिष्टिलयरी

उच्च शेयरमूल्य हुनेमध्येको छैटौं नम्बरमा हिमालयन डिष्टिलरी रहेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता ४५ सय ३० रुपैयाँ पुगेको छ । कम्पनीले कम्पनीले गत वर्षको मुनाफाबाट शेयरधनीलाई ५० प्रतिशत नगद र ५० प्रतिशत बोनस शेयर गरी १०० प्रतिशत लाभांश घोषणा गरेको हो । पछिल्लो वर्षहरुमा कम्पनीले बोन शेयर र नगद लाभांश दिदै आइरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन हकप्रद निष्कासका लागि नारायणी डेभलपमेन्ट बैंकले धितोपत्र बोर्डमा दियो निवेदन ३ घण्टा पहिले
पहिराेको उच्च जोखिमसँगै सात घर विस्थापित पहिराेको उच्च जोखिमसँगै सात घर विस्थापित ३ घण्टा पहिले
एमाले छिरेका पूर्व माओवादीमा चरम निराशा एमाले छिरेका पूर्व माओवादीमा चरम निराशा २१ घण्टा पहिले
आकस्मिक र अकल्पनीय बाढीले न रह्यो बास, न बच्यो गाँस ! आकस्मिक र अकल्पनीय बाढीले न रह्यो बास, न बच्यो गाँस ! २० घण्टा पहिले
पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा जारी राखिने पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा जारी राखिने १९ घण्टा पहिले
प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश प्रुडेन्सियल इन्स्योरेन्सको सभाले पारित गर्यो ८ दशमलव ४२ प्रतिशत लाभांश २० घण्टा पहिले
काश्मिरका रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा काश्मिरका रेल स्टेशनहरुमा निःशुल्क वाइफाइ सेवा १३ घण्टा पहिले
योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति ५ घण्टा पहिले