मंगलबार , असार ८, २०७८

महन्थ पक्ष आजै सरकारमा जाने

महन्थ पक्ष आजै सरकारमा जाने

२१ जेठ, काठमाडौं । अन्ततः जनता समाजवादी पार्टीको महन्थ–राजेन्द्र समूह आजैबाट संघीय सरकारमा जाने भएको छ । प्रधानमन्त्री केपी ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच आजै मन्त्रिमण्डलमा सहभागी हुन सहमति जनाएपछि यस्तो परिस्थिति निर्माण भएको छ ।

संभवतः आजै साँझ मन्त्रिमण्डलमा पुनर्गठन हुने छ– जसपाका एक नेताले बताए । ओली र ठाकुरबीच भएको सहमति अनुसार, जसपाले आठ मन्त्री र दुुई जना राज्यमन्त्री पाउने भएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

स्रोतका अनुसार, संसदीय दलका नेता राजेन्द्र महतोको नेतृत्वमा जसपाको महन्थ पक्ष सरकारमा सामेल हुने भएको हो । महतोले आपूर्ति, वाणिज्य र उद्योग मन्त्रालय पाउने छन् । सुरुमा महतोले गृहमा दाबी गरेका थिए । तर ओलीले मानेनन् ।

जसपाबाट मन्त्री बन्नेहरुमा शरत्सिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर सिंह, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, उमाशंकर अरगरिया, बिमल श्रीवास्तव, इकबाल मियाँ, रेणुका गुरुङको नाम टुंगिसकेको छ ।

बाँकीको नाम र मन्त्रालयबारे अहिले ओली र ठाकुर छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय