मंगलबार , असार ८, २०७८

सिनोफार्मको खोपलाई भियतनामले दियो अनुमति

सिनोफार्मको खोपलाई भियतनामले दियो अनुमति

२१ जेठ, एजेन्सी भियतनामको स्वास्थ्य मन्त्रालयले चीनको औषधि निर्माता सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ को खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

भियतनामका उप स्वास्थ्य मन्त्री ट्रुओङ क्वोक कुओङले सिनोफार्मको खोपलाई बिहीबार स्वीकृति दिएका हुन् । भियतनामले यसअघि एस्ट्राजेनेका र स्पुतनिक भी खोपलाई अनुमति दिइसकेको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

गत अप्रिल महिनाको अन्त्यदेखि भियतनाममा कोभिड–१९ को संक्रमण बढी देखिएको छ । शुक्रबारसम्म भियतनाममा गत अप्रिल २७ यता करिब पाँच हजार व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ ।

योसहित भियतनाममा ८ हजार १ सय १५ जना संक्रमित भएका छन् । त्यस्तै भियतनाममा अहिलेसम्म कोरोनाबाट ४९ जनाको मृत्यु भएको छ ।

भियतनाममा केही दिनअघि भारत र यूकेमा भेटिएको कोरोना भाइरस मिश्रित रुपमा भेटिएको थियो । सिनोफार्मको कोभिड–१९ विरुद्धको खोपलाई विश्व स्वास्थ्य संगठनले आपतकालीन प्रयोगका लागि गत मे महिनामा अनुमति दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय