बाँकेमा थप चार जना संक्रमितको ज्यान गयो
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शुक्रबार २२:५:२०
२१ जेठ, नेपालगन्ज । बाँकेमा थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक सबै बाहिरी जिल्लाका रहेका छन् । बाँकेका विभिन्न अस्पतालमा उपचाररत ४ संक्रमितको बिहीबार बेलुका ६ बजेदेखि शुक्रबार बिहान साढे ५ बजे भित्रमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा प्युठानका १, बर्दियाका १, सल्यानका १ र दाङका १ जना रहेका छन् । जिल्ला कोभिड व्यवस्थापन समिति बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, ठाकुरबाबा–९, बर्दियाका ६८ वर्षीय पुरुषको हिजो बेलुका ६ बजे नेपालगन्ज मेडिकल कलेज र बागचौर–३, सल्यानका २७ वर्षीय पुरुषको राति १२: १५ बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।
त्यसैगरी, प्युठान नगरपालिका–४, प्युठानकी ४७ वर्षीया महिलाको शुक्रबार बिहान ४:०० बजे भेरी अस्पताल नेपालगन्जमा र लमही नगरपालिका–४, दाङका ५८ वर्षीय पुरुषको आज बिहान ५:३० बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ ।
यो सँगै बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६०२ पुगेको छ । जसमध्ये, २९६ जना बाँकेका हुन् भने, ३०६ जना बाहिरी जिल्लाका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
अब हामी देशमा अर्को उथलपुथल ल्याउँछौँः माधव नेपाल
बैशाख ८, २०८१ शनिबार