सोमबार , असार ७, २०७८

ठाकुरको नेतृत्वमा जसपाका १० नेता मन्त्री, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

ठाकुरको नेतृत्वमा जसपाका १० नेता मन्त्री, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

२१ जेठ, काठमाडाैं ।  प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको जसपाको महन्थ ठाकुर-राजेन्द्र महतो पक्षबाट मन्त्री बनेकाहरुले आज पद तथा गोपनियताको शपथ लिने भएका छन्।

सरकारमा सहभागी हुने विषयमा प्रधानमन्त्रीसँग बालुवाटारमा तीन घण्टा लामो वार्ता गरेपछि जसपाका नेताहरु मन्त्री र राज्यमन्त्रीको नाम टिपाएर बालुवाटारबाट फर्किएका छन्। आजै साँझ ६ बजे जसपाबाट सरकारमा सहभागी हुने मन्त्रीहरुले शपथ लिने बताएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

आज दिनभर भएको छलफलपछि ८ मन्त्री र दुई राज्यमन्त्री ठाकुर-महतो पक्षले पाउने छ। वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा जसपा सरकारमा सहभागी हुन लागेको हो।

मन्त्री बन्नेमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, लक्ष्मणलाल कर्ण, चन्दा चौधरी, एकवाल मियाँ, विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङ, चन्द्रकान्त चौधरी रहेका छन् । उनीहरुले कुन-कुन मन्त्रालय पाए भन्ने जानकारी शपथग्रहणको समयमा गराउने कर्णले बताए ।

स्रोतका अनुसार महतो, उपप्रधानमन्त्री तथा सहरी विकास, भण्डारी, ऊर्जा तथा जलस्रोत, झा, खानेपानी तथा सरसफाई, कर्ण, भूमि व्यवस्था तथा सहकारी, श्रीवास्तव, श्रम तथा रोजगार, अरगरिया, वन तथा वातावरण चन्दा चौधरी, महिला तथा बालबालिका, एकवाल मियाँ, युवा तथा खेलकूद, चन्द्रकान्त चौधरी, ऊर्जा राज्यमन्त्री, रेणुका गुरुङ महिला बालबालिका राज्यमन्त्रीमा शपथ लिने वरिष्ठ नेता भण्डारीले नेपालबहस डटकमलाई जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै ७ घण्टा पहिले
अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद लिलामी ल्याउँदै अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद लिलामी ल्याउँदै २९ मिनेट पहिले
अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पूर्ण रुपमा खोल्न पाइने ५ घण्टा पहिले
खुमलटारमा प्रचण्डसँग मनाङेकाे भेट, राजनीतिक घटनाक्रमबारे छलफल खुमलटारमा प्रचण्डसँग मनाङेकाे भेट, राजनीतिक घटनाक्रमबारे छलफल १७ घण्टा पहिले
कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त २२ घण्टा पहिले
तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग तारकेश्वरको आइसोलेसन केन्द्रलाई दुई थान अक्सिजन कन्सन्ट्रेटर सहयोग ३ घण्टा पहिले
ईन्सुलीन लिदै हुनुहुन्छ ? ध्यान दिनुहाेस यी कुराहरू ईन्सुलीन लिदै हुनुहुन्छ ? ध्यान दिनुहाेस यी कुराहरू २ घण्टा पहिले
उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी उपत्यकामा निजी सवारीसाधन सञ्चालन गर्न दिने प्रशासनकाे तयारी २१ घण्टा पहिले