सोमबार , असार ७, २०७८

लमजुङमा ट्र्याक्टर पल्टिँदा बाबुको मृत्यु, छोरा घाइते

लमजुङमा ट्र्याक्टर पल्टिँदा बाबुको मृत्यु, छोरा घाइते

२१ जेठ,लमजुङ । लमजुङ ट्र्याक्टर पल्टिँदा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । राइनास नगरपालिका–८ भैँसीखोलामा ग १ च ५६९४ नम्बरको ट्र्याक्टर पल्टिँएको हो ।

आज बिहान जिल्लाको दोर्दी गाउँपालिका–१ बेलघारीबाट राइनास तीनपिप्ले जाँदै गरेको सो ट्र्याक्टर उक्त स्थानमा पल्टिँदा राइनास वडा नं ४ का ६० वर्षीय रामबहादुर कुमाल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनका अनुसार २८ वर्षीय एकबहादुर कुमाल घाइते भएका छन् । उनीहरु नाताले आफ्नै बाबु छोरा रहेको प्रहरीले जनाएको छ । ट्र्याक्टर चालक छोरा रहेका थिए । प्रहरीका अनुसार ट्र्याक्टर अनियन्त्रित हुँदा पल्टिएर बाबु छोरा नै च्यापिँदा बाबुको मृत्यु भएको थियो । छोराको हातमा चोट लागेको छ । शव परीक्षण गर्न तथा घाइतेको उपचार गर्नका लागि बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पताल लमजुङमा ल्याइएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

आकस्मिक र अकल्पनीय बाढीले न रह्यो बास, न बच्यो गाँस ! आकस्मिक र अकल्पनीय बाढीले न रह्यो बास, न बच्यो गाँस ! २० घण्टा पहिले
योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति योगभूमि नेपाल योग एवं तन्त्रसम्बद्ध ज्ञान–विज्ञानका अध्येताका लागि विश्वकै मूल गन्तव्य बन्न सक्छः राष्ट्रपति ५ घण्टा पहिले
बाढीले पुरिएका सामान निकाल्दै स्थानीय र व्यवसायी बाढीले पुरिएका सामान निकाल्दै स्थानीय र व्यवसायी १९ घण्टा पहिले
कुमारी बैंकद्धारा मेलम्चीका बाढीपीडितलाई सहयोग कुमारी बैंकद्धारा मेलम्चीका बाढीपीडितलाई सहयोग १६ घण्टा पहिले
अग्रणी शक्ति बनाउन महाधिवेशनः अध्यक्ष थापा अग्रणी शक्ति बनाउन महाधिवेशनः अध्यक्ष थापा १७ घण्टा पहिले
नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण नेपाल चेम्वर अफ कमर्सद्धारा बाढीपीडितहरुका लागि राहत सामाग्री हस्तान्तरण १९ घण्टा पहिले
पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा जारी राखिने पर्सामा असार १३ गतेसम्म निषेधाज्ञा जारी राखिने १९ घण्टा पहिले
भोलिबाट पत्रकार महासंघले अनुगमन गर्ने भोलिबाट पत्रकार महासंघले अनुगमन गर्ने २० घण्टा पहिले