बुधबार , असार २, २०७८

काठमाडौंको न्युरोडबाट १३ लाखसहित १५ जुवाडे पक्राउ

काठमाडौंको न्युरोडबाट १३ लाखसहित १५ जुवाडे पक्राउ

२१ जेठ, काठमाडौं । प्रहरीले काठमाडौंको न्युरोडबाट १३ लाख नगदसहित १५ जुवाडेलाई पक्राउ गरेको छ । शुक्रबार दिउँसो न्युरोडस्थित पिपल बोट नजिकैको एक घरमा जुवा खेलिरहेको अवस्थामा जुवा खालबाट १३ लाख ४३ हजार नगदसहित १५ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

निषेधाज्ञाका बेला जुवा खेलिरहेको अवस्थामा पक्राउ पर्नेमा नरदेवी घर भएका पञ्चनारायण महर्जन र सितापाईला घर भएका कुमार लामिछानेसहित १५ जना छन् । उनीहरुलाई महानगरीय प्रहरी वृत्त जनसेवाको हिरासतमा राखिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय