बालविवाह रोक्न चेपाङ समुदायमा अभियान
नेपालबहस संवाददाता
जेठ २१, २०७८ शनिबार ०:१४:२७
२१ जेठ,चितवन । चेपाङ समुदायमा बालविवाह रोक्न राप्ती नगरपालिकाले अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि नगरपालिकाले प्रोत्साहनका कार्यक्रम सञ्चालनको तयारी समेत गरेको छ । नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा ती समुदायको बसोबास छ । नगरपालिकामा ६४ हजार ८२० जनसङ्ख्या रहेकामा १० हजारभन्दा बढी चेपाङ छन् । नगरप्रमुख प्रभा बरालले भनीन् “ग्रामीण क्षेत्रमा रहेका सीमान्तकृत चेपाङ समुदायमा बालविवाह रोक्न विशेष अभियान सञ्चालन गर्न लागेका छौँ । सचेतनाका कारण बालविवाहमा केही न्यूनिकरण भएको छ । ”
चेपाङ समुदायमा ११ वर्षदेखि नै विवाह हुने जनाइएको छ । उनले भनीन्,“पन्ध्र वर्षकी किशोरीले दुई सन्तान लिएर हिँडेको पनि देख्न सकिन्छ । बच्चाले बच्चा पाउँने अवस्था रोक्न जरुरी छ ।”
नगरपालिकाले आगामी वर्षका बजेटमा २० वर्ष पुगेर विवाह गर्नेलाई प्रोत्साहनका कार्यक्रम राख्ने तयारी समेत गरेको छ । चेपाङ युवतीले २० वर्ष पुगेपछि विवाह गरेमा भने सम्मानसँगै आर्थिक सहयोग गरिने उनको योजना छ । उमेर नपुगि विवाह गरेकाको विवाह दर्ता नगर्ने र आवश्यक सहयोग पनि नगरपालिकाले नगर्ने जनाएको छ । नगरपालिकाले ती ग्रामीण क्षेत्रमा चेपाङका लागि दुई छात्रावास सञ्चालन गरेको छ । ती छात्रावासमा अध्ययन गर्ने छात्राहरु परीक्षाको समयमा विवाहको लागि भागेर जाने गरेको उनले गुनासो गरिन । उनले भनीन् “राम्रो शिक्षा दिक्षा दिने हाम्रो योजना खेर जाँदा निकै दुःख पनि लाग्छ ।”
नगर उपप्रमुख ईमासिंह लामा चेपाङका बालबालिकाहरुको विद्यालय भर्ना दर शतप्रतिशत बनाईएको भए पनि विद्यालय छोड्ने दर भने घटाउन कठीनन भएको बताए । उनले भने “हामीले छात्रावास, विद्यालय खाजा जस्ता आकर्षक कार्यक्रम ल्याएका छौं, तर पनि विद्यालय छोड्ने समस्या रोकिएको छैन ।” चेपाङ सामुदायको शिक्षाको स्तर माथि उठाउन नगरपालिका लागि परेको उनको भनाई छ ।
भरतपुर अस्पतालका स्त्रीरोग विशेष डा रामप्रसाद सापकोटा उमेर नपुग्दै विवाह गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य समस्या आउने बताउछन् । उनका अनुसार किशोरी आमा बन्दा आमा र बच्चा दुवैको ज्यान जान सक्ने खतरा हुन्छ । पाठेघरको विकास नहुँदै आमा बन्दा बच्चा सानो, पाठेघरलाई असर पर्ने, बच्चा जन्मिहाले पनि आमा र बच्चा दुवैको शारीरिक र मानसिक विकासमा अवरोध आउने उनको भनाई छ । सानो उमेरमा गर्भवती भएमा अन्य महिलाहरुमा भन्दा मानसिक समस्या, समय नपुगी बच्चा जन्मिने समस्या, कम तौल भएको बच्चा जन्मिने, उच्च रक्तचाप हुने र वेहोस् हुने समस्या समेत हुने उनले जानकारी दिए ।
प्रसूतिको समयमा धेरै रगत बग्ने र आमाको मृत्यु समेत हुने उनी बताउछन् । यस्ता महिलाको बृद्ध अवस्थामा आङ खस्ने समस्या बढी हुने गर्दछ । भरतपुर अस्पतालमा चेपाङ किशोरीहरु कम उमेरमा बच्चा जन्माएपछि विभिन्न समस्या लिएर आउने गरेको उनको भनाई छ ।
मुलुकी अपराध संहितामा विवाहका लागि केटा र केटी दुवैको उमेर २० वर्ष पुगेको हुनुपर्ने प्रावधान रहेको छ । बीस वर्ष नपुगी विवाह गरे वा गराएमा यसलाई कसुर मानेर व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिवाना उल्लेख छ । बीस वर्षअघि विवाह गरेमा वा गराएमा त्यस्तो विवाह बदर हुने उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका सामुदायिक विद्यालयमै फोहाेर व्यवस्थापन गर्ने प्रणाली कार्यान्वयन हुँदै
बैशाख १२, २०८१ बुधबार
काभ्रेमा तामाङ युवाको सक्रियतामा छ्योर्तेन निर्माण
बैशाख ११, २०८१ मंगलबार
चितवन माछा, मासु, दूध र अण्डामा आत्मनिर्भर
बैशाख ९, २०८१ आइतबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
उच्चले रोक्यो पर्यटन बोर्डको सीइओ नियुक्ति प्रक्रिया
बैशाख १२, २०८१ बुधबार
अचानक आएको हावाहुरीले फेवातालमा डुङ्गा दुर्घटना, पाँच जनाको सकुशल उद्धार
बैशाख १२, २०८१ बुधबार
ओस्कार विजेता हलिउड अभिनेत्री भन्छिन्- 'निर्देशकले अडिसनमा १० जनासँग किस गर्न लगाए'
बैशाख १२, २०८१ बुधबार
‘लू’बाट बच्न सर्वसाधारणलाई मन्त्रालयको आग्रह
बैशाख १२, २०८१ बुधबार
नेपाल भ्रमण सकेर कतार फर्किए राजा अमिर शेख
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार