बुधबार , असार २, २०७८

नयाँ मन्त्रीहरूको शपथ आज बेलुकी ८ बजे हुने

नयाँ मन्त्रीहरूको शपथ आज बेलुकी ८ बजे हुने

२१ जेठ, काठमाडाैं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषदमा रहेका केही मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने भएका छन् । ओली सरकारमा रहेका केही मन्त्री कायम भएपनि अधिकांश मन्त्री बाहिरिने भएका छन्।

जनता समाजवादी पार्टीको महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष सरकारमा सहभागी हुन लागेपछि ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका हुन् ।जसअनुसार बिष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतो उपप्रधानमन्त्री बन्दैछन्

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

शितलनिवासमा नयाँ मन्त्रीहरूको शपथ आज बेलुकी ८ बजे हुने स्रोतले बताएको छ । प्रधानमन्त्री ओलीले यसअघिका चार जनाबाहेक एमालेका सबै मन्त्रीहरूलाई हटाउने भएका छन् ।

उनले अर्थमन्त्री बिष्णु पौडेल, शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ, कानुन मन्त्री लीलानाथ श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङबाहेक सबैलाई हटाउन लागेको स्रोतले जानकारी दिएको छ ।

ओलीले रघुवीर महासेठलाई परराष्ट्रमन्त्री र शेरबहादुर तामाङलाई स्वास्थ्यमन्त्री बनाउने भएका छन् । प्रधानमन्त्री ओलीले जसपाका ८ जना मन्त्री र दुई राज्यमन्त्री तथा एमालेका दुई मन्त्रीलाई शपथ गराउने तयारी गरेका छन् ।

एमालेबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीको जिम्मा महासेठले पाउने भएका छन् । तामाङले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउने भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भत्ता वृद्धि भएसँगै लमजुङका वृद्धवृद्धा एकाएक फुरुङ्ग भत्ता वृद्धि भएसँगै लमजुङका वृद्धवृद्धा एकाएक फुरुङ्ग २ हप्ता पहिले
प्रहरी नै हिड्न थाले रक्सी चोरेर…., ३ प्रहरी निलम्बित प्रहरी नै हिड्न थाले रक्सी चोरेर…., ३ प्रहरी निलम्बित २ हप्ता पहिले
आजदेखि स्वावलम्बन लघुवित्तको करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ? आजदेखि स्वावलम्बन लघुवित्तको करिब २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, शेयरमूल्य कति ? ७ दिन पहिले
आर्थिक वर्षको कार्यक्रम तर्जुमा गर्न जुटे स्थानीय तह आर्थिक वर्षको कार्यक्रम तर्जुमा गर्न जुटे स्थानीय तह ६ दिन पहिले
नेपाललाई चिनियाँ कम्युनिष्टबाट स्वास्थ्य सामग्री सहयोग नेपाललाई चिनियाँ कम्युनिष्टबाट स्वास्थ्य सामग्री सहयोग १ हप्ता पहिले
कर्पोरेट डेभलपमेन्ट बैंकसहित तीन कम्पनीको साढे ११ अर्बको हकप्रद आउँदै, कुनको कित्ता कति ? कर्पोरेट डेभलपमेन्ट बैंकसहित तीन कम्पनीको साढे ११ अर्बको हकप्रद आउँदै, कुनको कित्ता कति ? ४ हप्ता पहिले
अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु २ हप्ता पहिले
तपाईको आजको राशीफल कस्तो छ ? तपाईको आजको राशीफल कस्तो छ ? २ हप्ता पहिले