बुधबार , असार २, २०७८

बालबालिकालाई कोरोना खोप लगाउनु पर्ने प्राथमिकतामा राख्न नपर्ने

बालबालिकालाई कोरोना खोप लगाउनु पर्ने प्राथमिकतामा राख्न नपर्ने

२१ जेठ, काठमाडौं । विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ का बालबालिकालाई कोरोना खोप लगाउनु पर्ने प्राथमिकतामा राख्न नपर्ने जनाएको छ ।
वरिष्ठ खोप विशेषज्ञले बालबालिकाहरुलाई कोरोना भाइरस ‘कोभिड-१९’ विरुद्धको खोपमा उच्च प्राथमिकता नपर्ने बताएका हुन् ।

बिहीबार डब्ल्यूएचओको खोप विभागकी निर्देशक केटरिन ओब्रियनले बालबालिकाहरु वास्तवमा कोभिड(१९ बाट संक्रमित हुने जोखिम निकै कम बताएकी छिन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनले भनिन्, बालबालिकाहरुलाई संक्रमण तथा मृत्युबाट बचाउन भन्दा पनि संक्रमण नियन्त्रणको लागि खोप लगाइनुपर्ने बताइन । उनका अनुसार स्वास्थ्यकर्मीहरु र ज्येष्ठ नागरिक तथा गम्भीर स्वास्थ्य समस्या भएका मानिसलाई खोप पुर्‍याउनु निकै महत्वपूर्ण छ । उनीहरुले किशोर तथा बालबालिकाले भन्दा पहिला खोप पाउनुपर्ने ओब्रियनले बताइन् ।

अमेरिका, क्यानडा, बेलायत र युरोपेली संघ ‘ईयू’ले १२ देखि १५ वर्ष उमेर समुहका बालबालिकालाई पनि खोप लगाउन अनुमति दिइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय