सोमबार , असार ७, २०७८

ओलीले जसपालाई सरकारमा ल्याउदा उपप्रधानमन्त्रीबाट पोखरेल बाहिरिए

ओलीले जसपालाई सरकारमा ल्याउदा उपप्रधानमन्त्रीबाट पोखरेल बाहिरिए

२१ जेठ, काठमाडौं । काम चलाउ मन्त्रिपरिषद्‍मा भित्रिएका नयाँ मन्त्रीले शुक्रबारै पद तथा गोपनियताको शपथ लिएका छन् । मन्त्रिपरिषद्‍बाट १३ जना बाहिरिएका छन् । प्रधानमन्त्री केपी ओलीले शुक्रबार साँझ उनीहरुलाई आफू नेतृत्वको मन्त्रिपरिषदमा सहभागी गराएका हुन् ।

प्रधानमन्त्री कार्यालय हेर्ने जिम्मेवारी पाएका उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित ९ मन्त्री र ३ राज्यमन्त्री बाहिरिएका छन् । उपप्रधानमन्त्री पोखरेल लामो समयदेखि जिम्मवारविहीन थिए । उनले सम्हालेको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफूसँगै राखेर पोखरेललाई जिम्मेवारविहीन बनाएका थिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जसपाको एउटा खेमालाई सरकारमा ल्याउदा उनी बाहिरिए भने अर्थमन्त्रीबाट विष्णु पौडेल उपप्रधानमन्त्रीमा बढुवा भए । त्यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि मन्त्रिपरिषदबाट बाहिरिएका छन् । उनी बाहिरिएपछि आफू सल्लाहमै बाहिरिएको र यसमा केही भन्नु नभएको प्रतिक्रिया दिएका छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकाल, कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्याल पुनर्गठित मन्त्रिपरिषदमा अटाएनन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शिवमाया तुम्बाहाम्फे र सञ्चारमन्त्री पार्वत गुरुङ पनि नवगठिन मन्त्रिपरिषदमा परेनन् ।

मन्त्रिपरिषद फेरबदल हुँदा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतो र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्ना पनि बिदा भएका छन् । त्यस्तै मन्त्रिपरिषद्‍बाट तीन राज्यमन्त्री बाहिरिएका छन्। शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर, उद्योग राज्यमन्त्री विमला विक र स्वास्थ्य राज्यमन्त्री नवराज राउत बिदा भएका छन् ।

रघुबीर महासेठ ओली नेतृत्वको सरकार गठन हुँदा भौतिक पूर्वाधार मन्त्री थिए । उनी पहिलो पुनर्गठनमा बाहिरिएपछि पत्नी जुली महिला बालबालिका मन्त्री भएकी थिइन । यसपटकको पुनर्गठनमा जुली बाहिरिइन् भने रघुबीर उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनेर फर्किएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद्लाई वैधानिकता दिन अस्वीकार १४ घण्टा पहिले
उपत्यकामा खुकुलो पारिएकाे निषेध आदेशमा के खुल्छ, के खुल्दैन ? [ सूचीसहित ] उपत्यकामा खुकुलो पारिएकाे निषेध आदेशमा के खुल्छ, के खुल्दैन ? [ सूचीसहित ] १७ घण्टा पहिले
रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव रिलायबल नेपालको सभाले पारित गर्यो ६० करोडको आईपीओ निष्कासन गर्ने प्रस्ताव २४ घण्टा पहिले
पानीजहाजको सब स्टेशन निर्माणस्थल निरीक्षण पानीजहाजको सब स्टेशन निर्माणस्थल निरीक्षण २४ घण्टा पहिले
पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू २ घण्टा पहिले
योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छः उपप्रम पौडेल योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छः उपप्रम पौडेल १५ मिनेट पहिले
नेपाल इन्स्योरेन्सको शेयरमा ३ लाख १७ हजार कित्ता खरीद माग नेपाल इन्स्योरेन्सको शेयरमा ३ लाख १७ हजार कित्ता खरीद माग ३८ मिनेट पहिले
तपाईको आजको राशीफल कस्तो छ ? तपाईको आजको राशीफल कस्तो छ ? ७ घण्टा पहिले