तपाईको आजको राशीफल कस्तो छ ?
नेपालबहस संवाददाता
जेठ २२, २०७८ शनिबार १०:४५:५७
वि.सं.२०७८ साल जेठ २२ गते शनिबार । ईश्वी सन् २०२१ जुन ०५ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेठ कृष्णपक्ष । तिथि– दशमी,०३ घडी ५३ पला, बिहान ०६ बजेर ४३ मिनेट उप्रान्त एकादशी । नक्षत्र–रेवती,५१ घडी २५ पला,रातको ०१ बजेर ४४ मिनेट उप्रान्त अश्विनी । योग–आयुष्मान, ०१ घडी ५५ पला, बिहान ०५ बजेर ५६ मिनेट उप्रान्त सौभाग्य । करण– भद्रा, बिहान ०६ बजेर ४३ मिनेट उप्रान्त बव,बेलुकी ०७ बजेर २० मिनेट उप्रान्त बालव । आनन्दादिमा–धाता योग । चन्द्रराशि–मीन । काठमाडौंमा सूर्योदय बिहान ०५ बजेर ०९ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ५६ मिनेट । दिनमान ३३ घडी २४ पला । विश्व वातावरण दिवस ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :- न्यून पारिश्रमिकमा दिनभर समय व्यतित गर्नुपर्दा अन्य काममा समय दिन सकिने छैन । काम गर्दा साबधानी अपनाउनुहोला खराब व्यक्तिको बिश्वास गर्नाले जरिवाना तिर्नुपर्नेछ । पढाईलेखाईमा मन नजाने हुनाले अरु भन्दा पछी परिनेछ भने माया प्रेममा एक अर्का बीच बैमनस्यता बढ्नेछ । तरपनि प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । विदेशमा बसेर काम वा अध्ययन गर्नेहरुका लागी समयले साथ दिनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :- सामाजिक क्षेत्रमा तपाईलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरु समयमा गर्न सकिने हुनाले ईज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :- औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ । मायाप्रेममा नजिक भई आफ्ना आफ्ना भावना साटासाट गर्न सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा ल्याउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने योग रहेकोछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- पढाईलेखाई बिद्यार्थीहरुले राम्रो प्रगती गर्ने समय रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा रुची बढ्नेछ । मायाप्रेममा नजिक भई आफ्ना आवना साटासाट गर्ने अवसर जुर्नेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईका सहभागिता उच्च स्तरको रहनेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिने छ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- व्यापार व्यवसायमा लगानी नगर्नु नै उचित हुनेछ आजको दिन घाटा लाग्ने योग रहेको छ । परिवारमा आफन्त तथा पतिपत्नीबीच विवाद बढ्नेछ भने चेलीमाईतीबीचको सम्बन्धमा फाटो ल्याउन आफन्तहरुनै लागी पर्नेछन् । तरपनि दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- तार्किक क्षमताबा बृद्धि भएर जानेछ भने बाणिमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । मायाप्रेममा नजिक हुने समय रहेको छ भने बिपरित लिङग प्रतिको आकर्षण बढेर जानेछ । पढाईमा अरुभन्दा एक कदम बढी सफलता हात पार्न सकिने छ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :- आफन्तका साथ रमाईलो गर्दै मिठा मिठा परिकार ग्रहण गर्दै दिन कटाउन सकिने छ । अदालती निर्णयहरु तपाईकै पक्षमा आउने तथा सत्रु परास्त गर्दै अगाडी बढ्न सकिने छ । प्रतिस्पर्धामा प्रतिस्पर्धीको मनोबल गिराउदै सकारात्मक उपलब्धी हात पार्न सकिनेछ । पुराना स्वास्थ्य सम्बन्धी समस्या हल भएर जाने तथा पुराना लेनदेनका मुद्दाहरु किनारा लाग्नेछन् । अध्ययन अध्यापनमा सुधार हुनुको साथै पुरस्कार जित्न सकिने छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- सन्तान बृद्धिको योग रहेको छ धन सन्तानको प्रगती देख्न पाईनेछ । धर्म शाष्त्र तथा अध्यात्म ज्ञानमा बिषेश चासो बढ्नेछ । प्रेम गर्ने जोडिहरुले आफ्ना भावना खुलेरै साटासाट गर्नको लागी समयले साथ दिनेछ भने उपहार पाईने हुनाले मन प्रशन्न हुनेछ । नोकरीमा बढुवा हुने योग रहेको छ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिने छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- घर जग्गा तथा पैत्रिक सम्पतीमा विवाद बढ्ने ग्रहयोग रहेको छ भने सवारीसाधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घट्ना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईको प्रभाव कमजोर भएर जानेछ । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ । तरपनि प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- परिवारका साथ रहेर मिष्टान्न भोजन लिने अवसर मिल्नेछ । तपाईले सुरु गर्नुभएको कामको दाजुभाई तथा छिमेकिबाट उच्च मुल्याङकन हुने ग्रहयोग रहेको छ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । आफ्नो प्रिय पात्रलाई आफ्नै वरिपरी देख्न पाउदा मन प्रशन्न रहनेछ । विवादित विषयहरुको नतिजा तपाई आफ्नै पक्षमा आउने हुनाले मन प्रशन्न हुनेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- पारिवारिक वातावरणमा रमाउदै स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा कल्याणकारी काम गरी समाजमा नाम कमाउन सकिनेछ । थोरै बोलेर वा बोलीकै माध्यम बाट धेरै कामहरु गर्न सकिनेछ । धातु तथा खनिज पदार्थसँग सम्बन्धीत व्यवसायबाट लाभ लिन सकिनेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- राजनीति तथा कल्याणकारी कामबाट समाजबाट नाम तथा दाम कमाउन सकिनेछ । पढाईलेखाईमा अरुभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेममा एक अर्कालाई बिश्वास गर्न सकिनेछ भने जीवनसाथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । सुन्दर पहिरनमा सजिएर अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । औषधीजन्य तथा खाद्यान्नसँग सम्बन्धीत सामानको उत्पादन तथा व्यापार व्यवसाय फस्टाएर जानेछ भने अन्य क्षेत्रमा गरिएको लगानीमा मन्दि आउनेछ । तपाईको दिन शुभ रहोस् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतपाईको आजको राशीफल कस्तो छ ?
चैत १५, २०८० बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
चैत ९, २०८० शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार