मंगलबार , असार १, २०७८

निषेधाज्ञा थप गरिएको पहिलो दिनै सवारीसाधनको चहलपहल !

निषेधाज्ञा थप गरिएको पहिलो दिनै सवारीसाधनको चहलपहल !

२२ जेठ, काठमाडौं । काठमाडौं उपत्यकामा शुक्रबारदेखि १० दिनको लागि थप गरिएको निषेधाज्ञाको पहिलो दिन हिजो सवारीसाधनको चहलपहल निकै बढेकाे छ । सवारीसाधन सञ्चालन सम्बन्धी व्यवस्थामा परिवर्तन नगरिएको भएपनि शुक्रबार उपत्यकाका सडकमा पहिलेभन्दा धेरै गाडी चलेको ट्राफिक प्रहरीले जनाएको हो ।

काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा शुक्रबार बिहानबाट परिवर्तित निषेधाज्ञा जेठ ३१ गतेसम्म लागु रहने जिल्ला प्रशासन कार्यालयहरूद्वारा जारी सूचनामा उल्लेख छ । बुधवार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले पहिलाभन्दा केही खुकुलो व्यवस्थासहित निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि भन्दै हाल देशका ७७ मध्ये ७५ जिल्लामा निषेधाज्ञा लागु गरिएको गृह मन्त्रालयले जनाएको छ।  मुख्य गरी दुईवटा कारणले निषेधाज्ञा केही खुकुलो पारिएको हो।  विगतको तुलनामा पछिल्ला दिनहरूमा संक्रमितहरूको व्यवस्थापन गर्न सकिने अवस्था सिर्जना भएको छ।

आमनागरिकको जीवनयापनमा पनि केही सहजता आओस् भनेर केही खुकुलो पारिएको उनले बताए। बिहीबारसम्म लागु निषेधाज्ञामा खाद्यान्न, किराना पसल तथा डिपार्टमेन्ट स्टोरहरूलाई समेत साताभरिका लागि बन्द गराइएको थियो।

स्थानीय प्रशासनले लागु गरेको आदेशको अवज्ञा गर्नेहरूलाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने चेतावनी दिइएको छ। अध्यादेशबमोजिम कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्न नहुने र गरेमा एक वर्षसम्म कैद वा पाँच लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ। अनुमतिविना चलाइएका सवारीसाधन सुरक्षाकर्मीले निश्चित समयका लागि नियन्त्रणमा पनि लिन सक्ने अध्यादेशमा उल्लेख छ।

जरिवानाबारे अध्यादेशमा यी व्यवस्था गरिएका छन् । मापदण्ड पालना नगरे छ महिनासम्म कैद वा तीन लाख रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुने अध्यादेशमा भनिएको छ। त्यसैगरी अध्यादेशविपरीत काम गर्ने संस्था वा व्यवसायलाई प्रमुख जिल्ला अधिकारीले छ महिनासम्मका लागि बन्द गर्न आदेश दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भारतमा ७४ दिन यताकै सब भन्दा कम कोरोना संक्रमित भारतमा ७४ दिन यताकै सब भन्दा कम कोरोना संक्रमित २० घण्टा पहिले
सप्तरीमा निर्माण शुरु गरेको शपिङ कम्प्लेक्सको काम अलपत्र सप्तरीमा निर्माण शुरु गरेको शपिङ कम्प्लेक्सको काम अलपत्र २१ घण्टा पहिले
खन्ने खोलाको बाँध बगेपछि चुरे फेदीको बस्ती जोखिममा खन्ने खोलाको बाँध बगेपछि चुरे फेदीको बस्ती जोखिममा १८ घण्टा पहिले
स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण स्वास्थ्यचौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण १८ घण्टा पहिले
नेपालको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप सह्य हुने छैन: दिलनाथ गिरी नेपालको आन्तरिक मामिलामा वाह्य हस्तक्षेप सह्य हुने छैन: दिलनाथ गिरी १२ घण्टा पहिले
आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन आइतबार ४४ कम्पनीको सर्किट लेबलमा कारोबार हुँदा कर्नरिङको आशंका, बोर्डले थाल्यो अध्ययन १९ घण्टा पहिले
देशभर मनसुन शुरु भएसँगै बाढी तथा पहिराेको जोखिम देशभर मनसुन शुरु भएसँगै बाढी तथा पहिराेको जोखिम २० घण्टा पहिले
ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै, स्थानीयबासी खुशी ट्र्याक खोलेको ४३ वर्षपछि कालोपत्र गरिँदै, स्थानीयबासी खुशी २३ घण्टा पहिले