रविले भ्रष्ट्राचारी नेताहरुलाई देखाए माझी औंला
नेपालबहस संवाददाता
जेठ २२, २०७८ शनिबार १२:४०:२२
विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारिको नियन्त्रण तथा रोकथामका लागि अहिले विभिन्न देशमा लकडाउन भईरहेको अवस्था छ । यसको असरले नेपाल पनि अछुतो हुन सकिरहेको छैन ।
लकडाउनका कारण अहिले समाज प्रत्यक्ष असर पनि परिरहेको अवस्था छ । विश्वकै स्वास्थ्य अर्थतन्त्र क्षेत्र लगायतका क्षेत्रहरु डामाडोल भएको अवस्था छ । यो संगै देशमा बिधमान विभिन्न नकारात्मक असरका कारण जनताले धेरै दुस्ख कष्टको सामना गर्नु परिरहेको छ ।
यस्तै अवस्था रहेमा देशमा ठुलै संकट आउछ भन्ने पनि विज्ञको भनाइ छ । रोगले मार्ने त एकातिर छंदैछ् भने अर्को तिर भोकले पनि मर्ने अवस्था आइरहेको छ ।
देशमा भईरहेको भष्ट्रचार, लेनदेन, आर्थिक कृयाकलाप, डामाडोल अर्थतन्त्र, मंहगी, बिग्रीएको राजनीतिक अवस्थालाई व्यङग गर्दै लोकप्रिय चर्चित गायक रवि रिमालको स्वर रहेको ुनेताज्यु तिमीलाई माझी औंलाु बोलको गीत सार्वजनिक गरिएको छ ।
गीतमा उनलाई र्याप गांउदै आयुस प्रतीक अधिकारीले प्रतिकरात्मक शैलीमा र्याप प्रस्तुत गरेर साथ दिएका छन । गायक रिमालकै भिडियो निर्देशन रहेको यस् गीतमा शब्द, संगीत, संगीत संयोजन र मिक्सिङ मास्टरिङ्ग पनि उनकै रहेको छ ।
सधैं जसो रोमान्टिक र डान्सिङ गीत गाएर दर्शक श्रोतालाई मनोरञ्जन दिंदै आएका गायक रवि रिमालले यस्पाली केही फरक प्रस्तुतिसहित गीतमा रोग, भोक अनि शोकमा डुबेका तीन करोड नेपालीमा समर्पित जनताको रगत चुसेर ढाडिएका जुका रुपी नेता भनाउँदाहरु प्रति लछित सम्पुर्ण नेपालीहरुको सामुहीक आवाज रहेको गायक रिमालले बताए ।
सुमन कुमार श्रेष्ठको छांयाकन रहेको भिडियोलाई फराज अर्पनले सम्पादन गरेका हुन । एक्यु बिट फ्याक्ट्री र डि सिरिजको प्रस्तुति रहेको भिडियोलाई डि सिरिजकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
यस्तो लकडाउनको अवस्थामा पनि आफ्नो अमुल्य समय दिने टिम लगायतलाई मनैदेखि धन्यवाद दिएका छन र सम्पूर्ण नेपालीहरुलाई एक्चोटी गीत सुनिदिन र भिडियो हेरिदिन पनि गायक रिमालले आग्रह गरेका छन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलिलाराज काम्बाङको म्युजीकल फिल्म ‘छुट्ने बेला’ विमोचन
चैत ११, २०८० आइतबार
बोक्सीको घरको ‘जिन्दगीको कथा यता न उता’ गीत सार्वजनिक
चैत ८, २०८० बिहिबार
गायक महेश काफ्लेको चाइना जापान सार्वजनिक ( भिडियो सहित )
चैत ८, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
आगामी वर्षको बजेट लेख्न अर्थ मन्त्रालयले बनायो समिति
चैत १६, २०८० शुक्रबार
शुक्लाफाँटामा दुर्लभ मानिएको बाह्रसिङ्गाको गणना हुँदै
चैत १६, २०८० शुक्रबार
नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न
चैत १६, २०८० शुक्रबार
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ को मृत्यु
चैत १६, २०८० शुक्रबार
राजस्व छलीका गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
चैत १६, २०८० शुक्रबार
सर्वोच्चले गरिदियो कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
चैत १६, २०८० शुक्रबार