मंगलबार , असार ८, २०७८

फेरि अर्को लघुवित्तले सर्वसाधारणको लागि ८ करोडको आईपीओ निष्कासन गर्दै

फेरि अर्को लघुवित्तले सर्वसाधारणको लागि ८ करोडको आईपीओ निष्कासन गर्दै

२२ जेठ, काठमाडौं । फेरि अर्को लघुवित्तले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने भएको छ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ करोड २८ लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो।

कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ८ लाख २८ हजार ७५० कित्ता आईपीओ सर्वसाधारण (संस्थाका कर्मचारी र सामूहिक लगानी कोषसमेत) का लागि निष्कासन गर्ने भएको हो। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा संस्थाले ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

पर्वतको कुश्मा बजारमा केन्द्रीय कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “घ” वर्गको राष्ट्रियस्तरको वित्तीय संस्था हो । संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २५ करोड ५० लाख रुपैयाँ रहेको छ । संस्थापक समूहको ७० प्रतिशत सेयर रहेको संस्थामा दुईवटा संस्था र ८१ जना संस्थापक सेयरधनीबाट १७ करोड २१ लाख २५ हजार रुपैयाँबराबरको शेयरपुँजी चुक्ता भइसकेको छ ।

वित्तीय संस्थाले हाल ५६ वटा शाखा कार्यालयमार्फत राष्ट्रियस्तरमा ७८ हजारभन्दा बढी विपन्न परिवारलाई समूहमा आबद्ध गरी वित्तीय सेवा दिँंदै आइरहेको छ ।

विगत २० वर्षदेखि नेपाल राष्ट्र बैंकवाट वित्तीय मध्यस्थकर्ताको कारोबार गर्ने इजाजत लिई काम गर्दै आइरहेको राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा मिति २०७५ फागुन २९ गतेका दिनदेखि लघुवित्त वित्तीय संंस्थाका रुपमा इजाजत प्राप्त गरेसँगै वित्तीय कारोबार गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

डेढ दर्जन कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढिका दरले घट्यो, अधिकांश फाइनान्स र हाइड्रो कम्पनी डेढ दर्जन कम्पनीको शेयरमूल्य ९ प्रतिशत बढिका दरले घट्यो, अधिकांश फाइनान्स र हाइड्रो कम्पनी ५ दिन पहिले
खानेपानीको पाइप बिछ्याउन नागरिकबाट श्रमदान खानेपानीको पाइप बिछ्याउन नागरिकबाट श्रमदान ११ घण्टा पहिले
नासोँमा पहिराेको जोखिम कायमै : अझै पुग्न सकेनन् सुरक्षाकर्मी नासोँमा पहिराेको जोखिम कायमै : अझै पुग्न सकेनन् सुरक्षाकर्मी १ दिन पहिले
नदीमा पानीको बहाव बढेसंगै झोलुङ्गे पुल उच्च जोखिममा नदीमा पानीको बहाव बढेसंगै झोलुङ्गे पुल उच्च जोखिममा ५ दिन पहिले
पक्की पुल नभएपछि अस्थायी पुलबाट आवतजावत पक्की पुल नभएपछि अस्थायी पुलबाट आवतजावत १४ घण्टा पहिले
वर्षाका कारण हुम्लामा ५ दिनदेखि हवाई सेवा अवरुद्ध वर्षाका कारण हुम्लामा ५ दिनदेखि हवाई सेवा अवरुद्ध ४ दिन पहिले
लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] लुम्बिनीको बजेट रु ४० अर्बः स्वास्थ्य क्षेत्र उच्च प्राथमिकतामा [ पूर्णपाठ ] ६ दिन पहिले
नेप्सेमा सिर्जना फाइनान्सको १३ दशमलव ५९ प्रतिशत बोनस शेयर सूचीकृत नेप्सेमा सिर्जना फाइनान्सको १३ दशमलव ५९ प्रतिशत बोनस शेयर सूचीकृत ५ दिन पहिले