शुक्रबार , असार ११, २०७८

कविता : लय

कविता : लय

दुई थान गोडाको लय मिलाउँदै
पुग्ने गर्थें विद्यालय-
कलिलो ज्यान भित्र
कहाँ कहाँ हात पुर्याउँथ्यो
गुरु नामको अधर्मीले !
गोडाहरुको चाल नै बिग्रिथ्यो
घर फर्किने बेला !
केही थान सपनाहरुको लय मिलाउँदै
पुग्ने गर्थें कार्यालय !
छाती, नाभी र नितम्बमा
हर प्रहर आँखा लगाउँथ्यो
हाकिम नामको हरामीले !
मुटुको चाल नै रोकिन्थ्यो
पंख फैलाउने बेला !
कैयौं मीठा बातले फुस्लाउँथ्यो
कैयौं सुनौला आसले फकाउँथ्यो
कहिले काँधमा हात राख्थ्यो

‘भरोसा दिएको हुँ’ भन्थ्यो !
कहिले कम्मरमा हात पुर्याउँथ्यो

आधार दिलाएको दावी गर्थ्यो !
कैयौं घामहरु संग सेकायो
कैयौं झरीहरु संग रूझायो
पट्यार लाग्ने गरी कुरायो
प्रेमको प्रतीक्षालयमा

एक दिन कानैमा आएर फुस्फुसायो
प्रेमी नामको पापी पनि-
मलाई तिम्रो योनी सित्तैमा देऊ न !!
चेतनाले न्यायालय पुर्यायो
जहाँ सोधियो-
परेली किन झिम्क्याइस् ?
ओंठहरु किन चलाइस् ?
कम्मर किन लच्काइस् ?
गोडा किन फट्टाइस् ?
स्तन किन उमारिस् ?
योनी किन लुकाइस् ?
लय हराउँदै गए पछि जिन्दगीको
आज यहाँ आएकी छु-
जहाँ कसैले कुनै प्रश्न सोध्दैन
जहाँ कसैले कुनियतले छुँदैन
जहाँ विवसताको फाइदा उठाउँदैन कसैले
जहाँ विस्वासको जालमा पारी काँचै खाँदैन कसैले !
यहाँ अलिकती मूल्य पाएको छ शरीरले
अलिकती इज्जत पाएका छन अंगहरुले
यहाँ अलिकती स्थान पाएको छ आत्मसम्मानले !
हो, यो त्यही ठाउँ हो
तपाईंको भाषाको- वेश्यालय
मेरो भाषाको-
लयहरुको अन्तिम याचनालय !

आज युग संग एउटा ललकार गर्नै पर्छ मैले
हजार ‘कोठी’ हरुमा
एउटा ‘लय’ प्रत्यय जोडेर
युगौं देखि हुन्डरी मच्चाइरहेछ
तपाईंको सभ्य समाजमा
एउटा असभ्य लिंङग-प्रलय !!
सक्नुहुन्छ- निर्मूल पार्नूस्
विद्यालय,कार्यालय,प्रेमालय
न्यायालय र प्रार्थनालय बाट
अहंकारी,ढोंगी र पाखन्डी
यो सनातनी लिङग अधिपत्य !
सक्नुहुन्न- टोलटोलमा खोलिदिनूस्
केही लाख वैध वेश्यालय !!
यस्तो दिन नआओस्
सृष्टि र सभ्यतालाई नै कुनैदिन
स्थायी बन्ध्याकरण गर्नु परोस् !!

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

संसद पुनस्थापना हुनसक्ने ओलीको आशंका, बालुवाटारमा को को ? संसद पुनस्थापना हुनसक्ने ओलीको आशंका, बालुवाटारमा को को ? २ दिन पहिले
गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की गर्भवती र सुत्केरीलाई निःशुल्क क्याल्सियम चक्की १७ घण्टा पहिले
वायुको प्रभाव : केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहने  वायुको प्रभाव : केही दिन वर्षाको सिलसिला निरन्तर जारी रहने  ६ दिन पहिले
हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार, प्रतिकित्ता मूल्य कति ? हाइड्रोपावर कम्पनीको सर्किट लेबलमा कारोबार, प्रतिकित्ता मूल्य कति ? १३ घण्टा पहिले
योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छः उपप्रम पौडेल योग परम्परालाई नयाँ उचाइबाट अघि बढाइनुपर्छः उपप्रम पौडेल ४ दिन पहिले
विपक्षी गठबन्धनले सरकारविरुद्ध बिहीबार देशभर विरोध प्रदर्शन गर्ने विपक्षी गठबन्धनले सरकारविरुद्ध बिहीबार देशभर विरोध प्रदर्शन गर्ने १ दिन पहिले
नेपालको अर्थतन्त्र पुनरुत्थानकालागि विश्व बैंकद्वारा १७ अर्ब ५५ करोड ऋण सहायता स्वीकृत नेपालको अर्थतन्त्र पुनरुत्थानकालागि विश्व बैंकद्वारा १७ अर्ब ५५ करोड ऋण सहायता स्वीकृत ७ दिन पहिले
अफ्रिकामा ५१ लाख ३७ हजारभन्दा बढी संक्रमित अफ्रिकामा ५१ लाख ३७ हजारभन्दा बढी संक्रमित ६ दिन पहिले