मंगलबार , असार १, २०७८

बाँकेमा पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु

बाँकेमा पछिल्लो २४ घण्टामा थप ५ संक्रमितको मृत्यु

२२ जेठ, बाँके । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमितको मृत्यु भएको छ । रुकुमकी ६५ वर्षीय महिलाको शुक्रबार दिउँसो सवा ३ बजे र नेपालगञ्ज उपमहानगरपालिका-११ की ५५ वर्षीय महिलाको शुक्रबार करिब ४ बजे नेपालगञ्ज मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस्तै बर्दियाको गुलरिया नगरपालिका-४ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ ६ बजे , कोहलपुर-१४ की ७० वर्षीय महिलाको शुक्रबार राति सवा ७ बजे र दाङ तुलसीपुर उपमहानगरपालिका-१८ की ७२ वर्षीय महिलाको शनिबार बिहान ५ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यससँगै बाँकेमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २९९ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ३१० पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय