सोमबार , असार ७, २०७८

भारतका चर्चित टेलिभिजन अभिनेता बलात्कारको आरोपमा पक्राउ

भारतका चर्चित टेलिभिजन अभिनेता बलात्कारको आरोपमा पक्राउ

भारतका चर्चित टेलिभिजन अभिनेता पर्ल वी पुरीलाई प्रहरीले बलात्कारको आरोपमा शुक्रबार राति पक्राउ गरेको छ । पीडित महिला र उनको परिवारले पुरीविरुद्ध उजूरी दिएपछि उनी पक्राउ परेका हुन् । अहिले यी अभिनेता प्रहरी हिरासतमै छन् ।

यी अभिनेता आफ्नो संघर्ष, कामप्रतिको लगाव र समर्पणका लागि चिनिएका थिए । अघिल्लो वर्ष अक्टुबरमा मात्रै पर्ल वी पुरीका पिताको निधन भएको थियो, त्यस दौरान पनि उनी सुटिङमै व्यस्त थिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

केही दिनअघि एक अन्तर्वार्ताका दौरान कलाकार बन्न घरबाट भागेपछिका संघर्षबारे उनले सुनाएका थिए । उनी पानी पुरी खाएर भोक मेटाउँथे । एकपटक नौ दिनसम्म भोकै बस्नु पर्दाको अनुभव पनि उनले सुनाएका थिए ।

२०१३ बाट ‘दिल की नजर से खूबसुरत’ नामक धारावाहिकमार्फत उनले आफ्नो करियर सुरु गरेका थिए । लिड अभिनेताका रुपमा उनलाई ‘फिर भी ना माने बदतमीज दिल’ बाट पहिलो ब्रेक मिल्यो ।

त्यसपछि पर्ल वी पुरीले ‘नागार्जुन एक योद्धा’, ‘बेपनाह प्यार’, ‘नागिन ३’ र ‘ब्रम्हराक्षस २’ जस्ता धेरै धारावाहिकहरुमा काम गरे । उनी बिग बोस १२ र १३ मा गेस्टका रुपमा देखिएका थिए । यसबाहेक ‘किचन च्याम्पियन ५’ र ‘खतरा खतरा खतरा’ जस्ता रियालिटी शोमा पनि पर्ल देखिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय