मंगलबार , असार ८, २०७८

युवाले चलाए ‘हुनेले दिने, नहुनेले लिने’ अभियान

युवाले चलाए ‘हुनेले दिने, नहुनेले लिने’ अभियान

२२ जेठ, फिदिम । बन्दाबन्दी र निषेधाज्ञाका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाएका छन् ।

कोभिड–१९ को संक्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाका समयमा आफैँले खाद्यान्नको जोहो गर्न नसक्ने र समस्यामा परेका परिवारलाई खाद्यान्न उपलब्ध गराउन युवाहरुले यो अभियान चलाएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

अभियानमा संलग्न युवाहरु स्वंयले रकम सङ्कलन गरी अभियान थालेका थिए । यस क्रममा अभियन्ताहरु स्वयंबाट रु। ४० हजार, नेपालभित्रैबाट रु ४२ हजार ९६८, विदेशमा रहेका नेपालीहरुबाट रु २४ हजार ४२६ र रु १३ हजार ६९० बराबरको खाद्यान्न गरी रु। एक लाख २१ हजार ८४ प्राप्त भएको अभियन्ताले जनाएका छन् ।

अभियन्ताले अभियानको तस्वीर खिचेर सार्वजनिक नगर्ने, सामाजिक सञ्जालमा नहाल्ने, सहयोग लिनेको विवरण सार्वजनिक नगर्ने प्रतिवद्धता व्यक्त गर्दै समस्या पर्ने परिवारहरुलाई सम्पर्क गर्न आग्रह गरेका छन् ।

उनीहरुले सामाजिक सञ्जालमा सम्पर्क नम्बरहरु समेत उपलब्ध गराएका छन् । सहयोग अभियानअन्तर्गत हिँजो फिदिम नगरपालिका वडा नं. १, २ र ४ का २२ परिवारका ५४ जनालाई सहयोग गरिएको अभियन्ता उपेन सापकोटाले जानकारी दिए ।

अभियानमा प्रतिव्यक्ति पाँच किलो चामलसहित दैनिक आवश्यक खाद्यान्नका सामग्रीहरु परिवार सङ्ख्याका आधारमा वितरण गरिने सापकोटाले जानकारी दिए । फिदिमका विभिन्न पेशामा आवद्ध युवाहरु यो अभियानमा जोडिएका छन् । अभियानमा रकम सङ्कलन गर्दै जाने र सहयोग पनि उपलब्ध गराउँदै जाने उनीहरुको योजना छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय