शुक्रबार , असार ११, २०७८

दिल्लीमा पनि लकडाउन खुकुलो पारिँदै

दिल्लीमा पनि लकडाउन खुकुलो पारिँदै

२२ जेठ, नयाँ दिल्ली । दिल्लीमा पछिल्लो साता संक्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्याङ्कमा उल्लेख गरेको छ । दिल्ली शहरमा शुक्रबार ५२३ व्यक्ति संक्रमित भएका र ५० संक्रमितको मृत्यु भएको पुष्टि गरिएको छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ संक्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उनी निकट अधिकारीहरूले शनिबार बताएका छन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

यसै सन्दर्भमा केजरीवालले शनिबार एक पत्रकार सम्मेलन गर्ने बताइएको छ । सम्मेलनमा आगामी दिनमा कोभिड–१९ संक्रमण का कारण बन्द बजारलाई केही खुकुलो पार्ने र कोरोना भाइरसको तेस्रो लहरलाई सामना गर्नका लागि आवश्यक तयारीबारे पनि सरकारी संयन्त्र तथा नागरिकलाई निर्देशन दिने बताइएको छ ।

अधिकारीका अनुसार सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई सञ्चालनका लागि अनुमति दिन सक्दछ किनकि कोभिड–१९ को अवस्थामा बिस्तारै सुधार हुँदै गएको देखिएको छ ।

सरकारले गत हप्ता उत्पादन तथा निर्माण क्षेत्रको प्रतिबन्धलाई अन्त्य गर्दै स्वास्थ्य सावधानीका साथ नियमित काममा फर्कन अनुमति दिएको थियो । दिल्लीमा दोस्रो लहरको संक्रमण अत्यधिक बढेको भन्दै सरकारले यसै बर्षको अप्रिल १९ देखि लकडाउन आदेश जारी गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय