मंगलबार , असार १, २०७८

महामारीका समस्यामा परेका घरपरिवारलाई राहत वितरण

महामारीका समस्यामा परेका घरपरिवारलाई राहत वितरण

२२ जेठ, लहान । कोरोना महामारीका कारण गुजारा चलाउन समस्यामा परेका लहान नगरपालिका—१४ का १३० घरपरिवारलाई राहत वितरण गरिएको छ । सानो पाइला नामक सामाजिक संस्थाले ती परिवारलाई राहतस्वरुप खाद्यान्न वितरण गरेको हो ।

राहत प्याकेजमा प्रतिपरिवार २५ किलो चामल, दुई किलो दाल, एक किलो नुन, एक किलो सोयाविन, एक प्याकेट खाने तेल, मास्क, सेनिटाइजर वितरण गरिएको संस्थाका प्रतिनिधि सरोज शर्माले जानकारी दिए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

लहान नगरपालिका—१४ वस्तीपुरस्थित स्कुल नजिकको राम टोल र सदाय वस्तीलगायत स्थानमा उक्त खाद्यान्न सामग्री वितरण गरेको जनाएको छ । बढ्दो कोरोना भाइरसको सङ्क्रमणलाई दृष्टिगत गरी स्थानीय प्रशासनले एक महिनादेखि निषेधाज्ञा लगाएपछि समस्यामा परेका विपन्न, गरीब र मजदूर परिवारलाई घरघरमै राहत पुर्याइएको शर्माले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय