सोमबार , असार ७, २०७८

कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन: गौतम

कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन: गौतम

२२ जेठ, काठमाडाैं । नेकपा ‘एमाले’का उपाध्यक्ष बामदेव गौतमले उपप्रधान एवं शहरी विकासमन्त्री राजेन्द्र महतोले सञ्चालन गरिरहेको आन्दोलन नेपाललाई विखण्डन गर्ने खालको भएको टिप्पणी गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक विचारमार्फत गौतमले नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य नहुने बताएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्रीको शपथ र पदभार ग्रहण गरेपछि शुक्रबार महतोले आफ्नो बहुल राष्ट्रिय राज्य स्थापनाको लागि तयारी गर्ने काम अगाडि बढाउँदै जाने र विगतका आन्दोलनका माग सम्बोधन गर्दै जानका लागि सरकारमा सहभागी भएको बताएका थिए ।

‘राजेन्द्र महतोले अहिले पनि संचालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनैपनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्र जीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ,’ गौतमले लेखेका छन् ।

गौतमले लेखेका छन्, प्रधानमन्त्री ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्य चकित भएको छु

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? रु रु जलविद्युतसहित ९ कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? २२ घण्टा पहिले
बाढीले पुरिएका सामान निकाल्दै स्थानीय र व्यवसायी बाढीले पुरिएका सामान निकाल्दै स्थानीय र व्यवसायी २० घण्टा पहिले
आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक १८ घण्टा पहिले
आज अन्तर्राष्ट्रिय योग दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै आज अन्तर्राष्ट्रिय योग दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ५ घण्टा पहिले
अपि पावर कम्पनीको हकप्रद शेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिने अपि पावर कम्पनीको हकप्रद शेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिने ३१ मिनेट पहिले
काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा यसरी खुल्यो माैसम काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा यसरी खुल्यो माैसम ६ घण्टा पहिले
पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू २ घण्टा पहिले
कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी कोरोना महामारीले योगको महत्व झन् बढ्योः प्रदेश प्रमुख कलौनी ३ घण्टा पहिले