बुधबार , असार २, २०७८

ओली र महतोको विचित्रको मिलाप

ओली र महतोको विचित्रको मिलाप

२२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओली सत्ताका लागि कुन हदसम्मको सम्झौता गर्दा रहेछन् भन्ने गतिलो उदाहरण बनेको छ–महन्थ–राजेन्द्र समूहसँगको सत्ता गठबन्धन । धेरैलाई पत्याउनै गाह्रो भएपनि ओलीले हिजोबाट सरकारमा ल्याएपछि लुकेका अनेकन पाटाको पटाक्षेप भएको छ । नाकाबन्दीका बेला नो म्यान्सल्याण्डमा सुत्ने राजेन्द्र महतो र चर्काे विरोध गरेर राष्ट्रवादी छवि बनाएका ओलीको मिलन कसरी भयो होला ? कथा गहिरो छ ।

भारतीय दलाल भन्ने आरोप खेप्दै आएको नेपाली कांग्रेससँगको सहकार्य महतोका लागि सहज भएन । तर मधेसी मूलका मानिसलाई नागरिकता दिनु भनेको रानीको जन्मोत्सवमा केटाकेटीलाई चकलेट बाँड्नु जस्तो भन्ने ओली भने महन्थ ठाकुरका सर्वप्रिय बनेका छन् । आखिर यो चमत्कार कसरी भयो त भन्दा उही सामन्त गोयलसँगको भलाकुसारीले बनाएको बलियो पुलले काम गरेको बुझ्न कठिन भएन ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

नेपाली कांग्रेसका नेता डा. नारायण खड्का भन्छन्–ओलीमा देखिएको यो राप र तापको रहष्य अब नेपाली जनताले प्रष्ट बुझेका छन् । राष्ट्रवादी मुखुण्डो पनि च्यातिएको छ । राजनीतिमा सबै सम्भव हुन्छ भन्ने कहावत सधैं लागू होला त? भन्ने प्रश्नको उचित जवाफ ओली – महन्थ गठबन्धनले दिएको छ । समय आएपछि भेडा भेडाकै बथानमा जान्छ भने बाख्रा आफ्नै बथानतिर लम्किन्छ भन्ने प्रष्ट सन्देश समेत यो गठबन्धनले दिएको उनी बताउँछन् ।

एमालेका नेता भीम रावलले पनि ओली र महतोहरुको गठजोडका पछाडि नेपथ्यमा रहेको त्यही शक्तिले काम गरेको बताएका छन् । त्यसबापत अब नेपालको प्राकृतिक सम्पदाका रुपमा रहेको चूरे पनि सखाप पार्न ओली सहमत भएको उनको आरोप छ । सत्ताका लागि जस्तोसुकै नाली खान पनि तयार हुने ओली स्वभाव पार्टी भित्र र बाहिरका सचेत नागरिकले बुझिसकेकाले त्यसका विरुद्ध आन्दोलनकै आँधीबेहरी ल्याउनुपर्ने उनको धारणा छ । यही अवस्था रह्यो भने नेपाल र नेपालीको स्वतन्त्र हैसियत नै गुम्नेवाला छ ।

आउने मंसिरमा चुनाव गराउँछु भन्नेले सरकार बलियो बनाउनेतिर लाग्नुपथ्र्याे त ? उनको प्रश्न छ । ओली चुनाव गराउने पक्षमा नरहेको उनको बुझाई छ । मंसिरमा चुनाव नगरेपछि त संविधान त्यसै फेल हुने भयो ,त्यसपछि मधेसी नेताको स्वार्थ पूरा गर्ने नाममा भारतको सेवा गर्ने उनको सोच रहेको नेता रावलले बताए ।

यसैगरी जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पनि आज बिहानै ट्वीट गर्दै ओली र महतोको गठबन्धनलाई अनौठो यथार्थ भन्ने टिप्पणी गरेका छन् । उनले मधेस विरोधी छवि बनाएका कट्टर राष्ट्रबादी ओली र भारतीय दलालको पगरी गुथेका महतोको केमेष्ट्री कसरी मिलेको रहेछ त्यो छर्लङ्ग भएको उल्लेख गरेका छन् ।

यसैबाट प्रष्ट हुन्छ ओली र महतोको सालनाल कहाँ जोडिएको रहेछ भन्ने बुझ्न –डा. भट्टराईले लेखेका छन् । एकातिर अन्धराष्ट्रवादको नाम दिएर सोझा पहाडी जनता ठग्ने र क्षेत्रीयतावादको चर्काे कुरा गरेर मधेसी जनता ठग्नेहरु अहिले कसरी एकैथलोमा उभिन सफल भए त ? उनको यक्ष प्रश्न छ ।

संविधान जारी गर्दा दीपावलि गर्ने र ब्लाकआउट गर्नेहरुको मिलन कसले र कसरी गरायो ? घाँटी कसरी जोडियो ? डा. भट्टराईले जिज्ञाशा राखेका छन् । नेकपा माओवादी नेता हरिबोल गजुरेलले पनि यसबारे राम्रो प्रतिक्रिया दिएका छन् । उनले भनेका छन् – हिजो दक्षिणी छिमेकीलाई पनि कम्फर्टेबल हुने सरकार बनाउने भनेर खिसीट्यूरी गर्नेले अहिले साँच्चै त्यसै पो गरेछन् , वाह रे राष्ट्रवाद ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय