मंगलबार , असार १, २०७८

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५ सय ३३ वटा सवारी नियन्त्रणमा

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५ सय ३३ वटा सवारी नियन्त्रणमा

२२ जेठ, काठमाडौं । विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५ सय ३३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ६ सय १४ वटा गाडी र १ हजार ९ सय १९ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।

साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ? ’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ५ सय ४४ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ । कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५२ हजार २ सय १९ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ६ सय ४ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा ६० हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ ।

सो क्रममा ३ हजार ४ सय २९ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ८५ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत ५ हजार ३ सय २७ जनालाई सचेत गराइएको छ ।

निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरूसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने नर्भिकमा असार २८ देखि जेनेटिक ल्याबसहितको आइभिएफ सेन्टर संचालनमा आउने १३ घण्टा पहिले
शक्तिशाली स्पेस लन्च सिस्टम एसएलएस रकेट पहिलो पटक सार्वजनिक शक्तिशाली स्पेस लन्च सिस्टम एसएलएस रकेट पहिलो पटक सार्वजनिक १७ घण्टा पहिले
तपाईको असार महिनाको राशीफल कस्तो छ ? तपाईको असार महिनाको राशीफल कस्तो छ ? ४ घण्टा पहिले
उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने उपत्यकामा बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर शाखा खोल्न पाउने २० घण्टा पहिले
शीर्ष तीन नेताबीच भेटवार्ता: गठबन्धनलाई प्रभावकारी बनाउने सहमति शीर्ष तीन नेताबीच भेटवार्ता: गठबन्धनलाई प्रभावकारी बनाउने सहमति १० घण्टा पहिले
माओवादी नेता पाण्डेयको हत्या आरोपमा श्रीमतिसहित ११ जना पक्राउ माओवादी नेता पाण्डेयको हत्या आरोपमा श्रीमतिसहित ११ जना पक्राउ १० घण्टा पहिले
चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब निर्यात चालु आर्थिक वर्षको १० महिनामा एक खर्ब निर्यात ११ घण्टा पहिले
नेपाल प्रहरीको डिएसपी हुँ भन्दै भ्रम सिर्जना गर्ने पक्राउ नेपाल प्रहरीको डिएसपी हुँ भन्दै भ्रम सिर्जना गर्ने पक्राउ १० घण्टा पहिले