मंगलबार , असार १, २०७८

निषेधाज्ञाकै बीचमा पेट्रोलियम पदार्थको मूल्य बढ्याे

निषेधाज्ञाकै बीचमा पेट्रोलियम पदार्थको मूल्य बढ्याे

२२ जेठ, काठमाडाैं ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। शनिबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा मूल्यवृद्धि गरेको हो।

निगमले डिजेल, पेट्रोल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ ।मूल्यबृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५, डिजेल तथा मट्टितेलको १०८ र हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

निषेधाज्ञाकै बीचमा गत जेठ दुई गते पनि निगमले इन्धनको मूल्य बृद्धि गरेको थियो । भारतीय आयल कर्पोरेसनबाट बढेर प्राप्त भएको नयाँ मूल्यका कारण निगमको घाटा चुलिएकोे र मूल्य समायोजनको विकल्प नभएको दाबी निगमको छ ।

यो मूल्य समायोजनपछि पनि निगममलाई पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ ३२ पैसा, डिजलमा ३ रूपैयाँ १७ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५८ रूपैयाँ ४६ पैसा घाटा हुने निगमको दाबी छ।

‘निरन्तर बढिरहेको कच्चा तेलको मूल्य एवम् अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँको अवमूल्यन हुने क्रम जारी रहने हो भने निगमले आगामी दिनमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिरहनु पर्ने बाध्यता आउन सक्ने देखिन्छ,’ उपाध्यायद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

Petrolium

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय