शुक्रबार , असार ११, २०७८

महतोले अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न नेपाल समूहकाे आग्रह

महतोले अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न नेपाल समूहकाे आग्रह

२२ जेठ, काठमाडौं । नेकपा ‘एमाले’ को माधवकुमार नेपाल र झलनाथ खनाल पक्ष आबद्ध १८ जन संगठनले उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री राजेन्द्र महतोलाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर तत्काल नेपाली जनतासामू माफी माग्न अनुरोध गरेको छ ।

खनाल र नेपाल समूहका स्थायी कमिटी सदस्यहरुले शनिबार आज साँझ सामूहिक वक्तव्य निकालेर नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याउनु र यसका लागि कथित मुक्ति संग्रामको कुरा गर्नु राष्ट्रिय हित र अखण्डता विरोधी रहेको बताएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

विज्ञप्तिमा भनिएको छ, ‘संविधानको मुल मर्म विरुद्धमा आएको यस अभिव्यक्तिको घोर भत्र्सना गर्दै उपप्रधानमन्त्री महतोलाई तत्काल आफ्नो अभिव्यक्ति फिर्ता लिएर नेपाली जनतासँग माफी माग्न आग्रह गर्दछौं।’

उपप्रधानमन्त्री महतोले २१ जेठ २०७८ मा नेपालको संविधानअनुसार शपथ ग्रहणपछि पदभार ग्रहण गर्ने क्रममा नेपालमा ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने बताएका थिए ।

प्रेस वक्तव्य
मितिः जेठ २२, २०७८
प्रधानमन्त्री केपी ओलीबाट उपप्रधानमन्त्री पदमा नियुक्त राजेन्द्र महतोले सरकारमा जाना साथ विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहो-याई यसका लागि कथित मुक्ति संग्रामको कुरा गरि राष्ट्रिय हित र अखण्डता विरोधी अभिव्यक्ति दिनु निन्दनीय छ ।

यस्तो अभिव्यक्ति नेपालको संविधानको धारा ३ मा उल्लेखित “बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधितामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो” भन्ने व्यवस्थाको विरुद्धमा छ । यो कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य हुनसक्दैन। उपप्रधानमन्त्रीको संविधान विरोधी उक्त अभिव्यक्तिबारे
प्रधानमन्त्री केपी ओलीबाट स्पष्ट गर्न माग गर्दछौं ।
स्थायी कमिटी सदस्यहरु :-
क. झलनाथ खनाल
क. माधव कुमार नेपाल
क. युवराज ज्ञवाली
क. अष्टलक्ष्मी शाक्य
क. भीम रावल
क. घनश्याम भुसाल
क. भीम आचार्य
क. गोकर्ण बिष्ट
क. योगेश भट्टराई
क. सुरेन्द्र पाण्डे
क. मुकुन्द न्यौपाने
क. रघुजी पन्त
क. बेदुराम भुसाल
क. अमृत कुमार बोहरा

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

कृषि विकास बैंकसहित आठ कम्पनीका लगानीकर्ताले घेरै कमाए, कुनले कति ? कृषि विकास बैंकसहित आठ कम्पनीका लगानीकर्ताले घेरै कमाए, कुनले कति ? १२ घण्टा पहिले
धेद्रे–लेनडाँडा सुरुङमार्ग डिजाइन गर्न पोली च्याङ्दाको टोली काठमाडौंमा धेद्रे–लेनडाँडा सुरुङमार्ग डिजाइन गर्न पोली च्याङ्दाको टोली काठमाडौंमा १ दिन पहिले
जबर्जस्ती बलात्कार गरेको आरोपमा एक पक्राउ जबर्जस्ती बलात्कार गरेको आरोपमा एक पक्राउ २ दिन पहिले
अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद लिलामी ल्याउँदै अरुण भ्याली हाइड्रोपावरले अवितरित हकप्रद लिलामी ल्याउँदै ४ दिन पहिले
नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज नेशनल माइक्रोफाइनान्स लघुवित्तको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज १५ घण्टा पहिले
ज्यानमारा भाइरसबाट २६८ जना गर्भवतीको मृत्यु ! ज्यानमारा भाइरसबाट २६८ जना गर्भवतीको मृत्यु ! २ दिन पहिले
महाकालीमा पानीले खतराकाे सतह पार गर्याे, सतर्कता अपनाउन आग्रह महाकालीमा पानीले खतराकाे सतह पार गर्याे, सतर्कता अपनाउन आग्रह ७ दिन पहिले
सर्वोच्चको आदेश नै आपसमा बाझियो: संसद बिघटन अघिको मन्त्रिपरिषदको पुर्नबहाली भएन तर पौडेलको बढुवालाई मान्यता सर्वोच्चको आदेश नै आपसमा बाझियो: संसद बिघटन अघिको मन्त्रिपरिषदको पुर्नबहाली भएन तर पौडेलको बढुवालाई मान्यता २ दिन पहिले