मंगलबार , असार ८, २०७८

तपाईकाे साप्ताहिक राशीफल [ जेठ २३ गते आइतबारदेखी २९ गते शनिबारसम्म ]

तपाईकाे साप्ताहिक राशीफल [ जेठ २३ गते आइतबारदेखी २९ गते शनिबारसम्म ]

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) :-  साताको सुरु र अन्तको समय राम्रो रहेकोले प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन शुखि रहनेछ । पढाईलेखाईमा प्रतिस्पर्धीहरुलाई हराउदै अगाडी बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुशि हुनेछन् । सुन्दर तथा बिलाशी वस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । मंगलबार दिउँसोबाट बिहीबारसम्मको समय मध्यमय रहेकोले बोलेको कुरा पुर्याउन नसक्दा सहकर्मी तथा आफन्तबाट तपाईको आलोचना हुनेछ । खानपानको तालमेल नमिल्दा स्वास्थ्यमा समस्या आउनेछ । व्यापारमा मन्दी आउनेछ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) :-  साताको सुरु र अन्तको समय मध्यम रहेकोले बाहिरी वातावरण तथा मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । पढाईलेखाईमा समय दिन सकिने छैन भने नतिजा अरुतिरै जानेछ । स्वास्थ्य सम्बन्धी समस्या आई पर्नेछ भने औषधी उपचार खर्च बढेर जानेछ । व्यापार व्यवसायमा मन्दी आउनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय मध्यम रहेकोछ । तरपनि विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । मंगलबार दिउँसोबाट बिहीबारसम्मको समय राम्रो रहेकोले नयाँ प्रबृधिको प्रयोग मार्फत रचनात्मक काम गरी मनग्गे धन आर्जन गर्नेछ । आफन्त तथा कुटुम्बको धन परिचालन गरेर आम्दानी बढाउन सकिनेछ । बिछोड भएका सम्बन्धहरु पुनह सुचारु हुनेछन् । आफन्त तथा अग्रजहरुको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) :-  बिहीबारसम्मको समय मध्यम रहेकोले अर्थ संकलन तथा आर्थिक अवस्था कमजोर रहने हुँदा कामहरु रोकिन सक्छ । मायाप्रेममा एक अर्कालाई बिश्वास गर्न नसक्दा लामो समय देखिको सम्बन्ध टुट्न सक्छ । स्वास्थ्यको ख्याल गर्नुहोला समय मध्यम रहेको छ । न्यायसंगत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आएपनि स्वास्थ्यमा समस्या आउन सक्छ ध्यान दिनुहोला । शुक्रबारबाट बोलिको प्रभाव बढ्ने तथा बोलेरै मनग्गे आम्दानी गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईको कामदेखेर सबैजना प्रशन्न हुनेछन् । प्रेममा सुमधुरता बढेर जाने तथा पतिपत्नीबीच एक अर्कालाई सहयोग गर्दै अगाडी बढ्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) :- सामाजिक तथा राजनीतिक क्षेत्रमा रुचि बढ्नेछ । समाजमा मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । आत्मिय मित्र तथा आफन्तका साथ पाईने हुनाले काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । न्यायिक काममा भएको उल्झन बिस्तारै हराउदै जाने छ । कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्यम रहेकोले दैनिक खर्च बढाउनेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । तरपनि बिदेशमा बसेर काम गर्नेहरुका लागी समयले साथ दिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) :- मंगलबार बिहानसम्मको समय मध्यम रहेकोले काम बिग्रने तथा मान सम्मानमा आघात पुग्न सक्छ ध्यान दिनुहोला । व्यापार व्यवसायमा मन्दी आउनेछ । पढाईलेखाई तपाई आफ्नै कारणले बिग्रनेछ । यात्रा गर्दा बिशेष ख्याल गर्नुहोला समस्या आउन सक्छ । मंगलबार दिउँसोबाट समय उत्तम रहेकोले पैत्रिक तथा प्राकृतिक स्रोतसाधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका ईच्छा आकांक्षाहरु पुरा गर्न सकिनेछ । बैक तथा बित्तिय क्षेत्रसँग सम्वन्धीत व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । मायाप्रेमको डोरो कसिलो भएर जानेछ भने पतिपत्नीको सहयोग पाईने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा भेटघाटलाई कम गर्नु नै राम्रो रहेनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) :- पढाईलेखाईमा आफ्नै कमजोरिले नतिजा अरुतिरै जानेछ । सरकारी तथा प्रशासनिक काममा ढिला सुस्तिको कारणले अन्य काम प्रभावित हुनेछन् । कार्यक्षेत्रमा केही कमी कमजोरी बाहिरीनाले ईज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । व्यापारमा मन्दी आउनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय उत्तम रहेकोले राजनीति तथा समाजसेवामा जनताको समर्थन पाईने हुनाले पद प्राप्तीको योग रहेको छ । पैत्रिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने कृषि पशुपालन व्यवसाय फस्टाएर जानेछ । प्रेमील जोडीहरुका लागी समय उत्तम रहेकोछ । आध्यात्मिक क्षेत्रमा चासो बढ्नेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) :-  अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवनसाथिको सहयोग पाईनाले राम्रा काम गर्न सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । मंगलबार दिउँसोबाट समय मध्यम रहेकोले व्यस्तता बढेपनि स्वास्थ्यको ख्याल नगर्दा कमजोरी महसुस हुनेछ । खानपान तथा वाहिरी वातावरणको ध्यान दिनुहोला । गोप्यता भङग हुने तथा आफन्तसँग विवाद बढ्नेछ । तरपनि कृषि तथा पशुपालन व्यवसायमा लगानी गरि राम्रै आम्दानी गर्न सकिनेछ । धर्ममा आस्था तथा विस्वास राख्नेहरुका लागी समयले साथ दिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) :- दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाईने योग रहेकोछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईकै पक्षमा हुने हुनाले खुशिले उचाई नाघ्नेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सत्रु परास्त हुनेछन् भने पुराना ऋण,रोग तथा सत्रुबाट छुट्करा पाईने हुनाले मन प्रशन्न हुनेछ । साताको अन्त अर्थात शुक्रबार र शनिबारको समय मध्ययम रहेकोले खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउन सक्छ । भौतिक सम्पती तथा औजारको प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिय घट्ना नहोला भन्न सकिन्न । आफन्त तथा दिदिबहिनी सँग मनमुटाब बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) :- मंगलबार बिहानसम्मको समय मध्ययम रहेकोले व्यापारमा लगानी गरे अनुशार प्रतिफल पाउन निकै नै मिहनेत गर्नुपर्नेछ । समय गतीसँगै चल्न ससक्दा अरुभन्दा पछी परिनेछ । अग्रज तथा गुरुवरको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्नुहोला । मंगलबार दिउँसोबाट कुनैपनि विवाद तथा प्रतिस्पर्धामा अरुभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । सत्रु परास्त तथा पुरानो रोगबाट उन्मुक्ती पाईनेछ । नियम संगत गरेका काममा हुने फैसला तपाईकै पक्षमा हुनेछन् । नोकरीमा बढुवा हुने योग रहेकोछ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यतित हुनेछ । पढाईलेखाईमा मन जाने हुनाले अरुभन्दा अग्र स्थानमा तपाईको नाम आउनेछ । खर्च बढेपनि उपलव्धी मुलक कामहरु हुनेछन् ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) :- बिहीबारसम्मको समय मध्यम रहेकोले राजनीति तथा समाजसेवामा समय खर्चिनेहरुले काम गर्दा ध्यान दिनुहोला । निर्णय गर्न नसक्दा हातमा आईसहेको काम अरुले नै फुत्काउनेछन् । घरजग्गा तथा सवारीसाधनको प्रयोग गर्दा ध्यान दिनुहोला विवाद तथा किचलो हुनसक्छ । आफन्त तथा साथी भाईसँग राय नमिल्दा दैनिक कामहरु प्रभावित हुन सक्छन् । शुक्रबारबाट समय राम्रो रहेकोले सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना भनाई वा लेखहरु जनमानसमा लैजान सकिनेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) :- मंगलबार बिहानसम्मको समय राम्रो रहेकोले आट,साहस तथा पराक्रममा बृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागी समय फलदायी रहेको छ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाईहरु जनमानसमा लैजान सकिनेछ । पढ्नेलेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । मंगलबार दिउँसोबाट समय मध्यम रहेकोले राजनीतिकर्मि तथा समाजसेवीहरुले जनताको समर्थन पाउने छैनन् । घर जग्गा तथा सवारीसाधन सम्वन्धि लफडा पर्न सक्छ । आफन्त तथा आमासँग मनमटाब बढ्ने वा घरबाट टाडा जानु पर्ने हुन सक्छ । खानपानमा ध्यान दिनुहोला समय मध्यम रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) :- साताको सुरु र अन्तको समय मध्यम रहेकोले भौतिक वस्तु तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला समय मध्यम रहेकोछ । आफन्त तथा साथि भाईसँग मनमुटाव सिर्जना हुने योग रहेकोछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ । आफन्त तथा कुटुम्बसँग सैद्धान्तिक राय बाजिनेछ । मंगलबार दिउँसोबाट बिहीबारसम्मको समय राम्रो रहेकोले आफ्नाे मेहनेतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशिलताको साथ गरीने कामको उच्च मुल्याङकन हुनेछ । दाजुभाई तथा छिमेकीसँगको सम्बन्ध सुधार गर्दै नयाँ कामहरु गर्न सकिनेछ । प्रतिस्पर्धीहरु सहयोगी बन्नेछन् भने कुनैपनि प्रतिस्पर्धामा तपाईको नाम अग्र स्थानमा आउनेछ । पढाईलेखाईमा मन जानेछ भने प्रविधिको प्रयोग मार्फत अध्ययनलाई निरन्तरता दिन सकिनेछ । तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय