मंगलबार , असार ८, २०७८

विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलास पुनर्गठनगरी आजबाट सुनुवाई हुँदै

विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलास पुनर्गठनगरी आजबाट सुनुवाई हुँदै

२३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा  परेको रिटको सुनुवाइ आजबाट  सुरु हुने भएको छ।  इजलास गठनमा विवाद भएपछि  रोकिएको सुनुवाई  इजालास पुनर्गठन गर्दै आजबाट सुरु गर्न लागिएको हो ।

इजालासमा तेजबहादुर केसी र बमकुमार श्रेष्ठको योग्यतामाथि वकिलहरुले प्रश्न उठाएपछि  प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले गत जेठ १८ गते सुनुवाई आजका लागि सारिएको थियो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

इजलास गठनमा विवाद भएपछि प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा न्यायाधीश तोकेर संवैधानिक इजलास गठन गरिने बताएका छन् ।अहिले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरापछि दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठ रोलक्रममा छन्।

हरिकृष्ण कार्की यसअघि पहिलो पटक प्रधानमन्त्री बन्दा ओलीको प्रधानमन्त्री केपी शर्मा ओल कानूनी सल्लाहकार रहेकाले इजालसमा नबस्ने देखिएको छ । उनको ठाउमा इश्वर खतिवडा रहने छन् ।

कार्कीले  यस अघि पनि अघिल्लो पटक भएको इजालास गठनमा सूरुमा उनि परेपनि पछि आफै इजास आफै बाहिरिने निर्णय लिएका थिए ।इजालसमा विघटन विरुद्ध परेका र ओलीलाई प्रधानमन्त्री बनाउनु पर्ने भनी उनको पक्षमा परेका गरी कुल ३० रिट उपर सुनुवाई हुँदै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय