बुधबार , असार २, २०७८

सिरहामा मेडिकल हलका सञ्चालकमाथि गोली प्रहार

सिरहामा मेडिकल हलका सञ्चालकमाथि गोली प्रहार

२३ जेठ, सिरहा । सिरहामा गोली चल्दा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार अज्ञात समूहले मिर्चेया नगरपालिका वडा नम्बर ५ स्थित सिद्धी मेडिकल हलका सञ्चालक रामसागर साफीमाथि गोली प्रहार गरिएको हो ।

पसलमा बसिरहेको अवस्थामा शनिबार राति पौने ८ बजेतिर आएको अज्ञात समूहले करिब ४० वर्षका साफीमाथि दुई राउण्ड गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

दुई राउण्ड गोलीमध्ये साफीलाई एउटा हातमा र अर्को तिघ्रामा लागेको सिरहा प्रहरी ले जनाएको छ । गोली प्रहारबाट घाइते भएका साफीको स्थानीय अस्पतालमा उपचार भइरहेको र घट्नाको विषयमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय