सोमबार , असार ७, २०७८

सुर्खेतबाट ब्राउन सुगर र श्रोत नखुलेको ५ लाखसहित चार पक्राउ

सुर्खेतबाट ब्राउन सुगर र श्रोत नखुलेको ५ लाखसहित चार पक्राउ

२३ जेठ, सुर्खेत । सुर्खेतमा लागुऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा वीरेन्द्रनगर-६ गोदाम लाइनकी ५४ वर्षीया बिष्णुदेबी शाही, १८ वर्षे गौरब क्षेत्री, वीरेन्द्रनगर-९ का १८ वर्षे प्रदिप खत्री र गुराँश गाउँपालिका-५ दैलेखकी २१ वर्षिया सरु शाही छन्।

उनीहरूको साथबाट ८१ प्याकेट ब्राउनसुगर, ५ वटा प्रयोग नभएको नाइट्रोभेट ट्याब्लेट र श्रोत नखुलेको ५ लाख ८ हजार २०० रूपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

उनीहरूसँग लागुऔषध रहेको विशेष सूचनाको आधारमा गोदामलाइको मिलन रेष्टुरेन्टबाट शनिबार साँझ नियन्त्रणमा लिएको सुर्खेत प्रहरीले जनाएको छ।

पक्राउ परेकी विष्णुदेवी रेष्टुरेन्ट सञ्चालन हुने भने अन्य तीन जना उनका आफन्तहरू हुन्। चारै जनाको विषयमा थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय