मंगलबार , असार ८, २०७८

संवैधानिक इजलाश पुनर्गठन, वरिष्ठताका आधारमा न्यायाधीशहरु चयन

संवैधानिक इजलाश पुनर्गठन, वरिष्ठताका आधारमा न्यायाधीशहरु चयन

२३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विरुद्ध परेको रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले संवैधानिक इजलाश पुर्नगठन गरेका छन् । राणाले पुर्नगठित संवैधानिक इजालाशमा वरिष्ठताको आधारमा न्यायाधीश तोकिएका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाको अध्यक्षता न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई इजलाशमा राखिएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

वरिष्ठताको क्रममा रहेका हरिकृष्ण कार्कीलाई यसपटक पनि संवैधानिक इजलाशमा राखिएको छैन । यसअघि गत पुष ५ गतेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धा सुनुवाइका लागि गठित इजलाशमा न्यायाधीश हरिकृष्ण कार्कीमाथि स्वार्थ बाझिने भन्ने प्रश्न उठे पछि उनी बाहिरएका थिए । विगतमा कार्की महान्यायाधिवक्ता रहेका कारण प्रधानमन्त्री विपक्षी रहेको मुद्दामा स्वार्थ बाझिने भन्दै रिट निवेदक पक्षका कानुनव्यावासायीले प्रश्न उठाएपछि उनले इजलाश छाडेका थिए ।

इजालाशमा तेजबहादुर केसी र बमकुमार श्रेष्ठको योग्यतामाथि वकिलहरुले प्रश्न उठाएपछि  प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले गत जेठ १८ गते सुनुवाई आजका लागि सारेका थिए ।

इजलाश गठनमा विवाद भएपछि प्रधानन्यायाधीश राणाले वरिष्ठताका आधारमा न्यायाधीश तोकेर संवैधानिक इजलाश गठन गरिने बताएका थिए  । सोही अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरापछि दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र विश्वम्भर श्रेष्ठ रोलक्रममा न्यायाधीशबाट इजालाश तोकेका हुन । इजालाशमा प्रतिनिधिसभा विघटन विरुद्ध परेका र ओलीलाई प्रधानमन्त्री बनाउनु पर्ने भनी उनको पक्षमा परेका गरी कुल ३० रिट उपर सुनुवाई हुँदैछ ।

pam aadesh

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय