बुधबार , असार २, २०७८

फेरि मन्त्री थप्दै ओली

फेरि मन्त्री थप्दै ओली

२३ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी ओली आफ्नो ऐतिहासिक कार्यकालमा आज १९ औं पटक मन्त्रिमण्डल पुनर्गठन गर्दैछन् । अस्ती शुक्रबार मात्रै उनले जनता समाजवादीकाे विद्रोही पक्षलाई समेटेर पुनर्गठन गरेका थिए । पुनर्गठन गर्दा उनले आफ्नै पक्षका धेरै मन्त्रीलाई पदमुक्त गरेका थिए ।

आफ्नो साथमा राखिएका सात वटा मन्त्रालयमा आज उनले पूर्व माओवादी पक्षका केही र आफ्ना केही विश्वास पात्रलाई राखेर पुनर्गठन गर्न लागेका हुन् । बालुवाटार निकट स्रोत भन्छ–सकेसम्म माधव नेपाल पक्षका केही सांसद तानेर मन्त्री बनाउने ओलीको रणनीति थियो । तर तत्काल त्यो संभव नदेखिएकाले अहिलेलाई आफ्नै पक्षका मन्त्री बनाउने भएका हुन् ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

स्रोत भन्छ – पूर्व माओवादी पक्षबाट अहिले रामबहादुर थापा बादल र टोपबहादुर रायमाझीलाई मात्रै अहिले समावेश गरिने छ । बादललाई फेरि पनि गृह नै दिइने भएको छ । रायमाझीको भने अझै टुंगो लागिसकेको छैन ।

उता, अब थपिनेमा महेश बस्नेत र नारदमुनि रानाको नाम निश्चित छ । त्यसैगरी विशाल भट्टराईलाई समेत मन्त्रिमण्डलमा ल्याउने ओलीको योजना रहेको छ । मन्त्रालय भने अझै यकिन भइसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय