शुक्रबार , असार ११, २०७८

एनआरएनए कोरियाद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

एनआरएनए कोरियाद्धारा स्वास्थ्य सामग्री हस्तान्तरण

२३ जेठ,सउल । एनआरएनए कोरियाको विशेष पहलमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्था र नेपालीबाट सङ्कलित रकमबाट करीब ५० लाख कोरियन वन बराबरको कोरोना स्वास्थ्य सामग्री नेपाल पठाई हस्तान्तरण गरिएको छ ।

दक्षिण कोरियाबाट उद्धार उडानका लागि नेपाल पुगेको कोरियन एयर ११२ यात्रुसहित कोरोनाको राहत सामग्री लिएर जुन ४ तारिख काठमाडौं पुगेको हो । उक्त विमानमा एक लाख मास्क, ३०० पिपिई सेट, २४० बोतल स्यानिटाइजर, ५०० थान अक्सिमिटर र विभिन्न औषधि नेपाल पठाइएको एनआरएनए कोरियाका महासचिव बिमल सुवेदीले बताए । नेपाली राजदूतावासको समन्वयमा उक्त स्वास्थ्य सामान केएमई ट्राभल्सको विशेष पहलमा कोरियन एयरले निःशुल्क रुपमा नेपाल पु¥याइदिएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

सङ्कलित रकममध्ये १७ थान अक्सिजन कन्सन्ट्रेटर पनि गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को समन्वयमा छिमेकी राष्ट्र चीनदेखि नेपाल वायु सेवा निगमको विमानमार्पmत जुन ५ मा नेपाल पुगेको महासचिव सुवेदीले बताए ।

कोरियास्थित नेपाली राजदूतावासले एक विज्ञप्तिमार्फत नेपालको कोरोनाविरुद्वको लडाइँमा ऐक्यबद्वता प्रदर्शन गर्नुहुने सम्पूर्ण कोरियावासी नेपालीलाई धन्यवाद व्यक्त गरेको छ । एनआरएनए कोरियाको पहलमा कोरियामा रहेका नेपालीले यसअघि पनि कोरोना भाइरस प्रकोप नियन्त्रणमा सहयोग सङ्कलन गरी ठूलो परिमाणमा कोरोना जाँच गर्ने किटलगायत अन्य स्वास्थ्य सामग्री नेपाल पठाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

श्रीमतीको कोदालोले हानेर हत्या, श्रीमान पक्राउ श्रीमतीको कोदालोले हानेर हत्या, श्रीमान पक्राउ १८ घण्टा पहिले
कोरोनाको तेश्रो लहरसँग जुध्न नर्भिकको पूर्वतयारी, बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजान सुझाव कोरोनाको तेश्रो लहरसँग जुध्न नर्भिकको पूर्वतयारी, बालबालिकामा यी लक्षण देखिए अस्पताल लैजान सुझाव १५ घण्टा पहिले
पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने पुनः निर्माण प्राधिकरणको संरचना कार्तिक मसान्तसम्म रहने ५ घण्टा पहिले
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना ५ घण्टा पहिले
प्रेस सङ्गठनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान प्रेस सङ्गठनद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान १६ घण्टा पहिले
गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुद्धारा काठमाडौंमा प्रदर्शन गठबन्धनमा आवद्ध दलका भातृ संगठनहरुद्धारा काठमाडौंमा प्रदर्शन ११ घण्टा पहिले
देशभरको मौसम: आंशिकदेखि पूर्ण बदली हुने देशभरको मौसम: आंशिकदेखि पूर्ण बदली हुने २० घण्टा पहिले
सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रियसभाको बैठक आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिद्वारा राष्ट्रियसभाको बैठक आह्वान ९ घण्टा पहिले