बुधबार , असार २, २०७८

संक्रमितको शव व्यवस्थापनमा स्काउट टोली

संक्रमितको शव व्यवस्थापनमा स्काउट टोली

२३ जेठ,झापा । झापामा कोरोना संक्रमितको शव नेपाल स्काउटको टोलीले व्यवस्थापन गरेको छ । स्काउटले नेपाली सेनासँगको सहकार्यमा जिल्लामा पहिलोपटक कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गरेको हो ।

स्काउट प्रदेश नं १ का सदस्य अरूण बस्नेत नेतृत्वको टोलीले भद्रपुर–६ का ८४ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएपछि सेनासँगको सहकार्यमा शनिबार शव व्यवस्थापन गरेको हो । कोरोना संक्रमितको मृत्युदर तीव्र हुँदै जाँदा सेनाले प्रशिक्षण दिएपछि पहिलोपटक स्काउट टोली शव व्यवस्थापनका लागि भद्रपुरबाट निस्किएको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जिल्लामा दमक, गौरादह, शिवसताक्षी नगरपालिका, गौरीगञ्ज, कमल गाउँपालिकामा रामप्रसाद पौडेल, बिर्तामोड, कनकाई, अर्जुनधारा नगरपालिका, झापा, बुद्धशान्ति गाउँपालिकामा केशी श्रेष्ठ, मेचीनगर, भद्रपुर नगरपालिका, हल्दिबारी, बाह्रदशी, कचनकवल गाउँपालिकाका लागि भने अरुण बस्नेतलाई कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनका लागि संयोजकको रूपमा स्काउटले तोकेको छ ।

जिल्लामा शनिबार मात्र सात जनाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । एक वर्षको अवधिमा कोरोना संक्रमणबाट जिल्लामा २२५ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय झापाका स्रोत व्यक्ति जीवन चौलागाईँले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपरको मुनाफा घट्यो, नेटवर्थ कति ? तेस्रो त्रैमासमा नेपाल हाइड्रो डेभलपरको मुनाफा घट्यो, नेटवर्थ कति ? २४ घण्टा पहिले
नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई नेपाल बैंकले डिबेञ्चर रजिष्ट्रारमा नियुक्त गर्यो नबिल इन्भेष्टमेण्ट बैकिङलाई ४ घण्टा पहिले
मुगुमा प्रवासी नेपालीद्धारा अक्सिजन सिलिण्डर सहयोग मुगुमा प्रवासी नेपालीद्धारा अक्सिजन सिलिण्डर सहयोग २० घण्टा पहिले
नगर अस्पतालको आधुनिक भवन निर्माण शुरु नगर अस्पतालको आधुनिक भवन निर्माण शुरु ४ घण्टा पहिले
प्रदेश नं २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट [ पूर्णपाठ ] प्रदेश नं २ सरकारले ल्यायो ३३ अर्ब ७९ करोडको बजेट [ पूर्णपाठ ] १८ घण्टा पहिले
पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु पोखरीमा नुहाउन गएकी बालिकाको डुबेर मृत्यु २४ घण्टा पहिले
डाइभर्सनले पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालन गर्न सास्ती डाइभर्सनले पूर्वपश्चिम राजमार्गमा यातायात सञ्चालन गर्न सास्ती ३ घण्टा पहिले
प्रदेश नं १ मा ३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन [ पूर्णपाठ ] प्रदेश नं १ मा ३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन [ पूर्णपाठ ] १९ घण्टा पहिले