मंगलबार , असार ८, २०७८

डोटीमा पुराना पोलको मर्मत नहुँदा आगलागीको जोखिम

डोटीमा पुराना पोलको मर्मत नहुँदा आगलागीको जोखिम

२३ जेठ,डोटी । डोटीको पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको सबैभन्दा पुरानो बजार पिपल्लामा विस्तार गरिएका विद्युत्का पोल मर्मत नगरिएका कारण आगलागीको जोखिममा बढेको छ । बजारमा विद्युत् विस्तारका लागि गाडिएका पोल पुराना भएका तथा मर्मत र व्यवस्थित नगरिएका कारण जोखिम बढेको हो ।

वर्षौंपहिले गाडिएका पोल खिया लागेर केही भाँचिएका छन् भने केही पोल ढल्ने अवस्थामा रहँदासमेत सम्बन्धित निकायले मर्मतसम्भारका लागि पहल नचालेका कारण आगलागीको जोखिम बढेको स्थानीयवासीको गुनासो छ । बजारवासीले पुराना तथा खिया लागेर ढल्ने अवस्थाका पोल मर्मतसम्भार गर्न तथा नयाँ पोल राख्न विद्युत् कार्यालयलाई आग्रह गर्दा पनि कुनै वास्ता नगरेको दिपायल पिपल्लाका बासिन्दा मोहनबहादुर पातलीले आरोप लगाए ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

दैनिकको हावाहुरी र बर्सातका कारण बजारको चारैतिर विद्युत लाइन दिइएको पोल ढल्ने अवस्थामा पुगेका छन् । यहाँको दिपायल सिलगढी नगरपालिका–४ स्थित पिपल्ला बजारमा पोल गाडेको ठाउँबाट नाली बनाइएका कारण विद्युत् पोल ढल्ने अवस्थामा पुगेका छन् । बजारका व्यापारीले पटकपटक विद्युत् कार्यालयलाई जानकारी गराउँदा पनि पोल मर्मतका लागि कार्यालयले कुनै प्रक्रिया अगाडि नबढाएको व्यापारी दिव्यराज पाठकले बताए ।

विद्युत् कार्यालय र त्यहाँका कर्मचारीले पोल गाडीका ठाउँबाट नाली निर्माण गर्दा पोल ढल्ने खतरा बढेको जानकारी पाए पनि सार्नका लागि कुनै पहल नचालेका कारण आगलागी हुने खतरा बढेको हो । यहाँका बजारमा पोल ढलेको खण्डमा बजारमा तार खसेर पूरै आगलागी हुने सम्भावना रहेको अर्का स्थानीयवासी मानबहादुर धामीले बताए ।

विद्युत् कार्यालय दिपायल पिपल्ला केन्द्रका सहायक प्रमुख विश्वनाथ शाहले अव्यवस्थित पोल सार्न तथा पुराना काम नलाग्ने ढल्ने अवस्थाका पोल मर्मतका लागि पहल भइरहेको बताए । पुराना खिया लागेका तथा नाली निर्माण गर्दा ढल्ने अवस्थामा रहेका पोल जुनसुकै बेला पनि ढल्न सक्ने भन्दै स्थानीय व्यापारीमा त्रास फैलिएको छ । हावाहुरी आउँदा विद्युत्को पोल ढल्छ कि भन्ने चिन्ता लागि रहने बताउँदै अर्का व्यापारी रामबहादुर बमले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

पोखरामा वर्षासँगै नहरमा आएको पानीले २० घर डुबानमा पोखरामा वर्षासँगै नहरमा आएको पानीले २० घर डुबानमा ५ दिन पहिले
आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक आँधीखोलाले ‘जाऊ’ हैं अन्धाअन्धी श्रवणकुमार अभियान’ समेट्दै नीति तथा कार्यक्रम सार्वजनिक १ दिन पहिले
पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू पशुपालनबाट आयआर्जन वृद्धि गराउन ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू १४ घण्टा पहिले
नेप्सेमा सिर्जना फाइनान्सको १३ दशमलव ५९ प्रतिशत बोनस शेयर सूचीकृत नेप्सेमा सिर्जना फाइनान्सको १३ दशमलव ५९ प्रतिशत बोनस शेयर सूचीकृत ४ दिन पहिले
करेन्ट लागेर ट्युबवेल मिस्त्रीको मृत्यु करेन्ट लागेर ट्युबवेल मिस्त्रीको मृत्यु २ दिन पहिले
बंगलादेशमा थप एक महिना लम्ब्याइयो लकडाउन बंगलादेशमा थप एक महिना लम्ब्याइयो लकडाउन ४ दिन पहिले
बाढीले मनाङको तीन स्थानीय तह पूर्णरुपमा क्षतिग्रस्त बाढीले मनाङको तीन स्थानीय तह पूर्णरुपमा क्षतिग्रस्त ५ दिन पहिले
यी हुन् माओवादी केन्द्रबाट निश्काशित स्थानीय जनप्रतिनिधिहरु यी हुन् माओवादी केन्द्रबाट निश्काशित स्थानीय जनप्रतिनिधिहरु १३ घण्टा पहिले