बुधबार , असार २, २०७८

संवैधानिक इजलाशमा सुनुवाई सुरु

संवैधानिक इजलाशमा सुनुवाई सुरु

२३ जेठ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध मुद्धाको सर्वोच्च अदालतको संवैधानिक इजलाशमा सुनुवाई सुरु भएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले वरिष्ठताका आधारमा गठन गरेको संवैधानिक इजलाशमा सुनुवाई सुरु भएको हो ।

यसअघि गठित इजलाशका विषयमा कानुन व्यवसायीहरूले प्रश्न उठाएका थिए । न्यायाधीश दीपककुमार कार्की र डा.आनन्दमोहन भट्टराईले पनि इजलाशमा रहेका न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठको विषयमा प्रश्न उठेपछि आफूहरू नबस्ने राय पेस गरेका थिए।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

जेठ १६ मा प्रधानन्यायाशीशले आजका लागि इजलाश तोक्ने र वरिष्ठताका आधारमा नै गठन गर्ने घोषणा गरेका थिए । आज प्रधानन्यायाधीशले आफ्नो नेतृत्वमा वरिष्ठतम् न्यायाधीशहरू दीपकुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई समावेश गरेर इजलाश गठन गरेका छन्।

सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध ३० वटा रिट निवेदन परेका छन्। रिट निवेदकले प्रतिनिधिसभा पुनःस्थापना, शेरबहादुर देउवालाई ७६ ‘५’ बमोजिम प्रधानमन्त्री नियुक्त लगायतका मागहरू राखेर अन्तरिम आदेश जारी गर्न माग गरेका छन्।

यसअघि गत पुष ५ गतेको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्धा सुनुवाइका लागि गठित इजलाशमा न्यायाधीश हरिकृष्ण कार्कीमाथि स्वार्थ बाझिने भन्ने प्रश्न उठेको थियो ।

विगतमा कार्की महान्यायाधिवक्ता रहेका कारण प्रधानमन्त्री विपक्षी रहेको मुद्दामा स्वार्थ बाझिने भन्दै रिट निवेदकपक्षका कानुन व्यवसायीले प्रश्न उठाएपछि उनले इजलाश छाडेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

नेशनल माइक्रोफाइनान्सको लिलामी शेयर आज अफिस समयसम्म भर्ने सकिने नेशनल माइक्रोफाइनान्सको लिलामी शेयर आज अफिस समयसम्म भर्ने सकिने ३ दिन पहिले
नेपाल प्रहरीको डिएसपी हुँ भन्दै भ्रम सिर्जना गर्ने पक्राउ नेपाल प्रहरीको डिएसपी हुँ भन्दै भ्रम सिर्जना गर्ने पक्राउ २ दिन पहिले
टुकोनले प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र टुकोनले प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र ७ दिन पहिले
यी दुई इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दिए निवेदन यी दुई इन्स्योरेन्सले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा दिए निवेदन १ दिन पहिले
प्रदेशसभाको बैठकमा आत्मलोचनासहित माफी मागे सांसद वैद्यले प्रदेशसभाको बैठकमा आत्मलोचनासहित माफी मागे सांसद वैद्यले ४ दिन पहिले
राउटे युवतीमाथि हिंसा गर्नेलाई कडा कारबाहीको माग राउटे युवतीमाथि हिंसा गर्नेलाई कडा कारबाहीको माग ३ दिन पहिले
बिराटनगरमा चौधरी ग्रुपको प्रादेशिक कार्यालय शुभारम्भ बिराटनगरमा चौधरी ग्रुपको प्रादेशिक कार्यालय शुभारम्भ २ दिन पहिले
पाँच हाइड्रो र तीन फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? पाँच हाइड्रो र तीन फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै कमाए, कुनले कति ? ७ दिन पहिले