शुक्रबार , असार ११, २०७८

चितवन राष्ट्रिय निकुञ्जमा देखिन छाड्यो बाह्रसिंगे

चितवन राष्ट्रिय निकुञ्जमा देखिन छाड्यो बाह्रसिंगे

२३ जेठ,चितवन । गत असोजदेखि चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा राखिएको बाह्रसिंगे अहिले देखिन छाडेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्नासँगै रहेको बाह्रसिंगे खुल्ला खोरमा नभेटिएको हो ।

उनले भने “गत असोजदेखि खोरभित्र देखिएको छैन ।” कतै झाडिमा लुकेको, बाघले खाएको वा खोर बाहिर भागेको भन्ने बारे एकिन हुन नसकेको उनको भनाई छ । वि.सं.२०७४ मा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट सात बाह्रसिंगे स्थानान्तरण गरी यहाँ ल्याईएको थियो । ती मध्ये पाँच पोथी र दुई भाले रहेका थिए । ती मध्ये दुई पोथी ल्याउने वित्तिकै मरेका थिए । अन्य पाँच मध्ये चार विभिन्न कारणले मरिसेका छन् । अर्नासँगै रहेको एउटा मात्रै बाह्रसिंगे पनि लामो समयदेखि देखिन छाडेको हो ।

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

तत्कालिन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट चितवनमा ५ भाले सहित २५ बाह्रसिंगे ल्याउने योजना थियो । यहाँ ल्याए लगत्तै बाह्रसिंगे मरेपछि थप ल्यााउने काम रोकिएको थियो । निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरी अर्ना र बाह्रसिंगे राखिएको छ ।

सरकारले प्रजाती संरक्षण र विस्तारका लागि वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । यहाँ कोशीबाट अर्ना ल्याईएको छ भने यहाँका एकसिंगे गैंडा बर्दिया र शुक्लाफाँटा स्नानान्तरण गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय