बुधबार , असार २, २०७८

आयोडिन नुनमा नाफाखोरलाई घुसाईनु जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र हो : विपक्षी गठबन्धन

आयोडिन नुनमा नाफाखोरलाई घुसाईनु जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र हो : विपक्षी गठबन्धन

२३ जेठ, काठमाडौं । आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएको भन्दै विपक्षी गठबन्धनले सरकारको चर्को आलोचना गरेको छ । पाँच राजनीतिक दलबाट कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेको तर्फबाट वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाबाट दुर्गा पौडेलले शनिबार संयुक्त रुपमा विज्ञप्ति जारी गरी बजेटमार्फत् गरिएको उक्त घोषणा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट भएको जिकिर गरेका छन् ।

विपक्षी गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘सरकारले हालै सार्वजनिक गरेको बजेट भाषणमार्फत सबै तह र क्षेत्रका जनताले उपभोग गर्ने आयोडिनयुक्त नुनमा अनुदान दिई आपुर्ती गरिरहेकोमा हालै सरकारले बजेटमार्फत कसैलाई फाईदा पुर्याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट निर्णय गरेको छ ।’

Kumari Bank 300x290 new
Global IME Bank Meri unilai
Nepal Life Insurance

साथै, गठबन्धनले सो निर्णय जनताको थाप्लोमा बोझ हाल्ने षडयन्त्र भएको ठोकुवा गर्दै उक्त निर्णय तत्काल फिर्ता लिन जोडदार माग समेत गरेको छ । ‘यस्तो निर्णयबाट जनताले सुलभ रुपमा पाइरहेको आयोडिनयुक्त नुनमा समेत सरकारले कमिशन र नाफाखोरलाई घुसाएर त्यसको बोझ जनताको थाप्लोमा हाल्ने षडयन्त्र गरेको प्रति विरोध र निन्दा गर्दै यस्तो निर्णय तत्काल फिर्ता लिन हामी जोडदार माग गर्दछौ’ गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै गठबन्धनले ढुंगा, गिट्टी र बालुवा निकासी गर्न चुरे क्षेत्र लगायतको उत्खनन् गर्ने घोषणा राष्ट्रघाती र जनघाती रहेकाले खारेज गर्न माग गरेका छन् भने प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहँदा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गरी संवैधानिक तथा लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको बताएका छन् ।

IMG 7191

प्रतिक्रिया

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

खानीखोला हाइड्रोसहित तीन कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि खानीखोला हाइड्रोसहित तीन कम्पनीको शेयरमूल्य उच्च दरले वृद्धि २४ घण्टा पहिले
विकास बैंक, फाइनन्स र जलविद्युत क्षेत्रमा लगानीकर्ता तानिए विकास बैंक, फाइनन्स र जलविद्युत क्षेत्रमा लगानीकर्ता तानिए ६ दिन पहिले
भारतमा बस र भ्यान ठोक्किँदा सत्र जनाको मृत्यु भारतमा बस र भ्यान ठोक्किँदा सत्र जनाको मृत्यु ७ दिन पहिले
गृह मन्त्रालयलाई अत्याधिक बजेट विनियोजनः हातहतियार खरिद की निर्वाचन ? गृह मन्त्रालयलाई अत्याधिक बजेट विनियोजनः हातहतियार खरिद की निर्वाचन ? २ हप्ता पहिले
माछा मार्न त्रिशूली गएका चिरन फर्केनन् घर माछा मार्न त्रिशूली गएका चिरन फर्केनन् घर ६ दिन पहिले
राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा दाबी लिईएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज {थप जानकारी आउन बाकी } राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ७६(५) बमोजिम प्रधानमन्त्रीमा दाबी लिईएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज {थप जानकारी आउन बाकी } ४ हप्ता पहिले
छुटको ग्यास लिन संक्रमण भुलेर लाइनमा उपभोक्ता [ फाेटाे फिचर ] छुटको ग्यास लिन संक्रमण भुलेर लाइनमा उपभोक्ता [ फाेटाे फिचर ] २ हप्ता पहिले
स्थानीय तहमा चिकित्सकसहितका कोरोना अस्पताल स्थानीय तहमा चिकित्सकसहितका कोरोना अस्पताल ३ हप्ता पहिले